श्रीदेवीकी छोरी जान्ह्वीले छोटा कपडा लगाएको भन्दै क्याट्रिनाले लाइभ कार्यक्रममा नै जनाइन् आपत्ति

एजेन्सी । बलिउड नायिका क्याट्रिना कैफले अर्की नायिका जाहन्वी कपुरले जिममा छोटो स्कर्ट लगाएको विषयमा चिन्ता ब्यक्त गरेकी छिन् ।
नेहा धुपियाको च्याट शो बीएफएफ विद भोगमा गेस्ट भएर गएकी क्याट्रिनाले जाहन्वीका छोटो प्यान्टबारे टिप्पणी गर्दै भनेकी छिन् ‘अरु कोही होइन,जिममा जाहन्वी कपुरको निकै छोटो सर्ट्स देखेर मलाइ चिन्ता लाग्छ। उनी मेरै जिममा आउँछिन्। हामी एकसाथ वर्कआउट पनि गर्छौ। कहिले कहिले मलाइ उनको बारेमा चिन्ता लाग्छ।’
हाल सलमान खानको फिल्म भारतको प्रमोशनमा ब्यस्त् रहेकै बेला नेहाको शोमा पुगेकी क्याट्रिनालाई एक फरक प्रसंगमा सोधिएको प्रश्नको उत्तर दिँदै भनिन् मलाई हिजोराती सबैभन्दा सेक्सी फिल गराइएको थियो । नेहाले सोधेको प्रश्न ‘अन्तिम पटक कहिले कसैले सेक्सी फिल गराएको थियोरु’ भन्ने प्रश्न गरिएकोमा क्याट्रिनाले ‘अघिल्लो रात’ जवाफ दिएको संवाद अहिले भाइरल बनिरहेको छ।
शोमा क्याट्रिना आफ्नी साथी डिजाइनर अनाइता श्रोफसंग सहभागी भएकी थिइन। क्याट्रिना र सलमानको फिल्म भारत जून ५ मा रिलिज हुँदैछ।