विश्वकप क्रिकेट : श्रीलंका बिरुद्ध पाकिस्तान भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले पाकिस्तानको सामना गर्ने भएको छ । खेल नेपाली समय अनुसार अपरान्ह ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । यसअघि श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने वेष्ट इन्डिजसँग पाकिस्तान सात विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा भने दवै टिमले जित हात पारेका थिए । पाकिस्तानले बलियो टिम मानिएको इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो ।
तुलनात्मक रुपमा श्रीलंकाभन्दा पाकिस्तान बलियो टिम भएका कारण आजको खेल रोमाञ्चक हुने पक्का छ । आज हुने खेलमा पाकिस्तानका तर्फबाट सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी रहेका छन् ।
त्यस्तै श्रीलंकाको टिममा दिमुथ करुनरत्ने (कप्तान), धनञ्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी रहेका छन् ।