अर्थ खबरसमाचार

धरानमा बचत तथा ऋण सहकारी शिक्षा विषयक तालिम सम्पन्

सुनसरी जिल्लाको धरानमा अवस्थित पराग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक दिने सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।
सहकारीमा आवद्ध सदस्यको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले शनिबार एक दिने सहकारी शिक्षा विषयक तालिम कार्यक्रमको आयोजना गरेको हो ।

उपसमितिका सदस्यहरुलाई सहकारी शिक्षा तथा रणनीतिका योजना निर्माण बारे तालिम दिएको छ । कार्यक्रमको उद्घाटन जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष तथा धरान वार्ड नं. १५ का वडा अध्यक्ष नरेश ईवारामले गरेका थिए ।

सहकारी प्रशिक्षक रोशन दकाल तथा जिल्ला सहकारी संघ सदस्य चन्द्र सुवेदीले सहजीकरण गरेका थिए । उक्त तलिम कार्यक्रममा सहकारीका कर्मचारी,बजार प्रतिनिधी सेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button