समाचारसमाज

खानेपानीका कारण पहाडमा द्वन्द्व

साङरुम्बाकी इन्दीरा बाँनीयासहितले स्थानीय देविप्रसाद भट्टराईविरुद्ध खानेपानी मुहानमा अवरोध गरेको भन्दै नगर न्यायिक समितिमा उजुरी दर्ता गरे । न्यायिक समितिले मध्यस्थताबाट समस्या समाधान गर्न प्रयास गर्दा सफल भएन। अहिले त्यो मुद्दा न्यायीक प्रक्रियामा अघि बढेको छ ।प्रत्येकवर्ष यस्ता मुद्दा न्यायिक समितिमा आउने गरेको न्यायिक समितिका संयोजक तथा इलाम नगरपालिकाकी उपप्रमुख शुसीला नेम्वाङ बताउँछिन्। । नगरपालिकामा गतवर्ष पनि पानी मुहानका उजुरी परेका थिए । समितिले मध्यस्थता गरेर समस्या समाधान गरेको नेम्वाङको भनाइ छ ।

इलामका अधिकांश स्थानीय तहमा वार्षिक खानेपानी मुहानका विवाद आउने गरेका न्यायिक समितिको नेतृत्व गरिरहेका उपाध्यक्ष÷उपप्रमुखहरुको अनुभव छ । वन फडानी र मुहानह? सुक्न थालेपछि खानेपानी मुहानका समस्या बढ्दै गएको उपप्रमुख नेम्वाङले बताइन्। । सुर्योदय नगरपालिकाले खानेपानी द्वन्द्व व्यवस्थापनका लागि ऐन बनाएरै मुहानमा नगरले हस्तक्षेप गर्न थालेको छ ।
नगरले आफ्नो खानेपानी सम्बन्धी नीतिमासमेत नियमनको व्यवस्था उल्लेख गरेको उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन्। नीतिमा भनिएको छ ‘समुदायले प्रयोग गरिरहेका खानेपानी मुहान कसैको नम्बरी आवादी भित्रनै परे पनि वडा समिति वा नगर कार्यपालिकासँग स्वीकृती नलिइ मास्न, बेच्न वा निषेध गर्न पुर्ण प्रतिबन्ध लगाइने छ।’

कसैले अवरोध गरेमा दण्डनीय हुने नगरको ऐनमा उल्लेख छ । सुर्योदय नगरपालिकामा गोर्खे, अन्तु, समाल्बुङ लगायतका गाउँका खानेपानी मुहानका विवाद न्यायिक समितिमा दर्ता भएको न्यायिक समितिका उजुरी प्रशासक अर्जुन थापाले जानकारी दिए ।  चूरे क्षेत्रमा पर्ने माई नगरपालिकामा पनि न्यायिक समितिले तीनवटा पानी मुहानका मुद्दा किनारा लगाएको छ। उपप्रमुख विष्णुमाया रिजालका अनुसार मुहान रहेको जग्गा धनीले अवरोध गर्दा यस्तो समस्या आउने गरेको छ ।

इलामका सबै स्थानीय तहले पानीको विवाद हेर्न थालेपछि खानेपानी तथा सरसफाई उपभोक्ता महासंघमा भने उजुरी पुग्न छोडेको छ । महासंघका सचिव दिपेन्द्र खनाल भन्छन् ‘पहिले जस्तो हाम्रोमा उजुरी आउँदैनन्।’ धनकुटामा पनि यो समस्या नयाँ छैन । यस्तै उजुरीका चाङ छन्। दर्ता भएका उजुरीलाई छलफल तथा वहस गरी विवाद समाधान गर्न न्यायिक समिति सक्रिय बनेका छन्।

डेढ वर्षअघि महालक्ष्मी नगरपालिकाको लेगुवास्थित सालघारीको दुई वटा खानेपानी मुहानको विषयमा विद्यालय र उपभोक्ता समितिबीच विवाद थियो। न्यायिक समितिको रोहवरमा दुई पक्षले आधा–आधा पानी बाँडेर खाने सहमति गरेको महालक्ष्मी नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक मञ्जुकुमारी कार्की अधिकारीले बताइन्। अहिले एउटा मुहानको पानी उपभोक्ताले उपभोग गर्ने र अर्को मुहानको पानी विद्यालयले उपभोग गर्दै आइरहेका छन्।

सोही नगरपालिकास्थित जीतपुर खानेपानी योजनाको पाइप अलैँची बारिबाट बिछ््याइएको भन्दै ५ महिनाअघि बोधार्थको ?पमा उजुरी परेको थियो। दुवै पक्ष राखेर छलफलबाट समस्या समाधान भएको उनले बताइन्। छथरजोरपाटी गाउँपालिकामा गठित न्यायिक समितिमा खानेपानी मुहान विवादका उजुरी हालसम्म नपरेको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भीमकला श्रेष्ठले बताइन्। वडा नम्बर १ र दुईबीच भएको विवाद वडा कार्यालयमै समाधान गरेपछि न्यायिक समितिसम्म नपुगेको उनको भनाइ छ ।

१५ महिना अघि साँगुरीगढी गाउँपालिकाको भेडेटार र महाभारत हुँदै बग्ने खोलाको पानी उपभोग गर्ने विषयमा विवाद हुँदा धारापानी खानेपानी आयोजना नै प्रभावित बन्यो । पछि न्यायिक समितिको रोहवरमा छलफल भएपछि विवाद मिलेको र अहिले उक्त ठाउँमा लिफ्ट प्रविधिबाट खानेपानी योजना सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष विन्द्रा  राईले बताइन्। सो खानेपानीले ९९ घरधुरीलाई समेटेको छ ।

यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित माछापोखरीका ९ परिवारले गाउँकै मुहानको पानी वर्षौंदेखि प्रयोग गर्थे। गतवर्ष जग्गाधनी सरिता लिम्बुले पानीको मुहानमै घर बनाइन्। आफूह?ले प्रयोग गरिरहेको पानीको मुहानमै घर बनाउँदा मुहान सुक्ने र दुषित हुने भन्दै घर भत्काउन आग्रहसहित उपभोक्ताले न्यायिक समितिमा उजुरी दिए ।

न्यायिक समितिले मुहानलाई असर नपर्नेगरी घर बनाउनु भनेर निर्णय र्गयो। उक्त निर्णयवि?द्धमा उपभोक्ता अदालत पुगे। जिल्ला अदालत ताप्लेजुङले पनि मुहानधनिकै पक्षमा फैसला गर्योे । अदालतको फैसलासमेत चित्त नबुझेपछि उपभोक्ता उच्च अदालत पुग्ने तयारी गरिरहेको सो मुद्दा हेरिरहेका कानुन व्यावसायी देवराज मेन्याङ्बोले बताए । ताप्लेजुङका अधिकांश स्थानीय तहमा खानेपानीको चरम अभाव छ ।

फुङलिङ १० का वडाध्यक्ष गमबहादुर फ?ङ्गोले पानीको मुहान सुक्न थालेपछि खानेपानी योजनाको मागको चाप बढ्दै गएको बताए । पाँचथरको सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिका–५ बिजुवापानीका स्थानीयको व्यथा भने भिन्नै छ। उनीह? सुख्खा मौसममा दिनमा एक गाग्री मात्र पानी थाप्न पाउँछन्। । गाउँको बीचमा रहेको बिजुवापानी धारामा पानी भर्न दिनभर लाइन बस्दा साँझपख मात्र एक गाग्रो पानी भर्ने पालो आउँछ ।

यहाँका ४० परिवार एउटै धाराको भरमा छन्। पानीको मुहान सुक्दै गएपछि एक गाग्री पानीका लागि पनि तछाडमछाड हुने गरेको स्थानीय लोकबीर बोहोराले बताए । ‘धारामा पानी सुक्दै गएको छ,’ बोहोराले भने ‘बिहानको तीन बजे लाइनमा बस्दा बेलुका तीन बजे बल्ल पानी भर्ने पालो आउँछ।’

कुमायक गाउँपालिकाका पनि अधिकांश वडामा खानेपानी अभाव छ। तुम्बेवा गाउँपालिकाको आङ्ना मौवा क्षेत्रमा पनि पानीको हाहाकार नै छ । सरकारले पाँचथरका कुम्मायक र तुम्बेवा गाउँपालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।  अहिले यहाँ खानेपानी ल्याउन विभिन्न आयोजनाका का पनि भइरहेका छन्। तर हालसम्म एउटा पनि आयोजना सम्पन्न नहुँदा गाउँले एक गाग्री पानी नपाएरै धमाधम गाउँले बसाई सर्न थालेका छन्। ।

पाँचथर सदरमुकाम फिदिम बजारमा पनि खानेपानीको चरम अभाव हुने हुने गर्छ। बृहत खानेपानी आयोजना सञ्चालनमा भए पनि आयोजनामा समस्या आउने गरेकाले उपभोक्ताह? काकाकुल बन्न बाध्य छन्। फिदिम –४ गढीकी बिनिता नुगो पानी अभावकै कारण फिदिमको बसाइ कस्टकर भइरहेको बताउँछिन्। उनले भनिन ‘कहिलेकाँही त दुई सातासम्म पनि पानी आउँदैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button