
आँचलसँगको सम्बन्धबारे पलले लेखे स्टाटस, आँचल र म साथी हौँ, त्यो भन्दा माथी केही थिएन् नेपाली फिल्मी क्षेत्रमा नायक पल शाह र नायिका आँचल शर्माको प्रेमको चर्चा भईरहन्छ।
तर उनीहरुले मिडियामा बारम्बार आफूहरु प्रेम सम्बन्धमा नहरेको बताउँदै आएका छन्। यसैक्रममा आइतवार पलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आँचल उनको राम्रो साथी मात्र रहेको स्पष्ट पारेका छन्। स्टाटसमा उनले लेखेका छन् । आज स्पष्ट पार्न चाहन्छु, आँचल र म सधैँ राम्रो साथी थियौँ र रहने छौँ ।
सबै अफवाह थियो । केही दिनयता आँचल शर्मा उदीप श्रेष्ठको प्रेममा रहेको चर्चा चलेसँगै आँचलका फ्यानहरुले उनलाई सामाजिक सञ्जालमा नराम्रा कमेन्ट गरेका छन्। उनले आँचललाई सामाजिक सञ्जालमा गाली गलौज नगर्न फ्यानहरुलाई आग्रह गरेका छन्। ।