माटोका भाडाले तराईका व्यपारी मालामाल

तराईमा माटोका भाडाबर्तन बिक्री बितरणमा बृद्धि देखिएको छ । तराई मधेश क्षेत्रमा भाद्र महिनाको चतुर्थी तिथीमा मनाइने गणेश चतुर्थी अर्थात चन्द्र दर्शन–चौरचनका लागी चाहिने माटोका भाडाकुडाको बिक्री बजारमा ह्वातै बढेको हो
मधेशी समुदायको लोकप्रिय चाडको रुपमा रहेको चौरचनको बेला अरु समयमा कम बिक्री हुने माटोका भाडाकुडाले यति बेला मुल्य पाएको स्थानीयहरु बताउ“छन् ।
चौरचनमा चाहिने माटोका भाडा कलश, दियो, लदियँ, गाग्रो, छ्याची, लावन, दीप, दही जमाउने भाँडा र ढकना सहितको बिक्री बजारमा बढेको कुम्हार समुदायका अगुवा ज्ञानदेव पण्डितले जानकारी दिए ।
मैथिल परम्परा अनुसार चौरचन पर्वमा नया माटोका भाडा प्रयोग गरिने भएकाले यतिबेला बजारमा माटोका भाडाको बिक्री भईरहेको अगुवा पण्डितले बताउ“छन् ।
अरु बेला खासै प्रयोगमा नआउने माटोका भाडा मिथिला परम्परामा अनिवार्य हुने भएकोले यति बेला ग्राहकको बाक्लो उपस्थिती रहेको ब्यापारीहरु बताउ“छन् ।
तराईका मुख्य व्यापारिक हाट, बजारमा दिनाहु जसो माटोका भाडा बिक्री हुदै आएको छ । वौदिक, धार्मिक र सांस्कृतिक पर्व र उत्सवमा आवश्यक पर्ने माटोकै भाडा प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिए स“गै माटोका भाडा बनाउने कुम्हालेको व्यस्तता पनि यति बेला बढेको देखिन्छ ।
मिथिला पम्मपरा अनुसार क्षेत्रमा माटोका नया“ भाडा नया“ कार्य गर्न उत्तम हुने धार्मिक, मान्यताले चाड पर्वमा यसको माग बढेको सर्वसाधारणको भनाई छ ।