
सुनसरीको धरानमा यामाहा कम्पनीको महामेला शुरु भएको छ । नेपालको लागि यामाहा कम्पनीको आधिकारिक विक्रेता मोरङ अटो वर्क र धरानमा यामाहाको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सको संयुक्त आयोजनामा मेला शुरु भएको हो ।
धरान–१२ चतरालाईन स्थित रिजाल टासीको खाली जग्गामा मंगलबार देखि शुरु भएको मेला चार दिन सम्म चल्ने आयोजकले जनाएको छ । करिब ५ लाख पर्ने एमटी –५० स्पोर्टस मोटरसाईकलमा चढेर सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले मेलाको उद्घाटन गरेका थिए ।
मेलामा ग्राहकका लागि लक्षित गरी विभिन्न स्किमहरु समेत ल्याईएको कम्पनीको दाबी छ । महामेलामा मोटरसाईकल एक्सचेन्ज, पूरानो मोटरसाईकल तथा स्कुटरको उत्कृष्ट मुल्याङकन, नयाँ मोटरसाईकल खरीदमा खरिद स्थलमै फाइनान्सको सुबिधा, फ्रि एसोसरिज, फ्रि चेक अप क्याम्प लगायतको सुबिधा दिइएको कम्पनीका एरिया सेल्स म्यानेजर रोबिन श्रेष्ठले जानकारी दिए ।
मेलामा महिला ग्राहकहरुलाई लक्षित गरी मेहन्दी, नेल आर्ट लगायतको सुविधा समेत प्रदान गरिएको यामाहा धरानका आधिकारीक बिक्रेता बिजयपुर टेड्रर्सका प्रमुख प्रभात खतिवडाले जानकारी दिए ।
मेलाभर प्रत्येक मोटरसाईकल खरीदमा न्यूनतम ७ हजार देखी १ लाख सम्म लक्की ड्रमार्फत छुट ग्राहकले प्राप्त गर्न सक्ने खतिवडाको भनाई थियो ।