
एकजना अभिनेत्रीले बार्षिक कति कमाउछन् होला ? तपाईंले अनुमान लगाउन सक्नुहुन्छ त ? अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सनले सन २०१९ मा पाँच करोड ६० लाख डलर कमाएकी छिन ।
अमेरिकी व्यावसायीक पत्रिका फोब्र्सले सार्वजनिक गरेको सूचीअनुसार स्कार्लेट जोहान्सन यस वर्षकै सर्वाधिक कमाउने अभिनेत्रीमा परेकी छिन् ।
पत्रिकाका अनुसार, उनले सन २०१८ को तुलनामा यस वर्ष एक करोड ५५ लाख डलर बढी कमाएकी छिन । सर्वाधिक कमाउने सूचीको दोस्रो स्थानमा भने सोफिया भेरा छिन । समीक्षा अवधिमा उनले चार करोड ४१ लाख डलर कमाएकी छन ।
सूचीको तेस्रो र चौथो स्थानमा भने क्रमशः रेसी विथप्न र निकोल किडम्यान रहेका छन् । पत्रिकाकाअनुसार विगत एक वर्षमा यी दुई नायिकाले क्रमशः तीन करोड ५० लाख डलर र तीन करोड ४० लाख डलर कमाएका छन ।
एजेन्सी