समाचारस्वास्थ्य

भक्तपुर क्यान्सर हस्पिटलमा २ लाखको अभावले परियार छटपटिदै

दिल बहादुर राई

सुनसरी धरान — ११ की एकल महिला कुमारी परियार भक्तपुर क्यान्सर हस्पिटलमा २ लाखको अभावले छट्पटिरहेकी छिन । दिनभरी मजदुरी गरेर बिहान बेलुका चुलो जलाउँदै २ छोरा १ छोरीको लालनपालन गर्दै आएकी परियार अहिले क्यान्सर हस्पिटलमा मृत्यु संग लडीरहेकी छिन । हस्पिटलले चाडो २ लाख जम्मा गर्न सुझाव दिदै उपाचार ढिलो हुदै गएको बताईरहेका छन् । उनको लागि सहयोग मागिदिने आफ्न्त पनि टुकी बालेर खोज्नु पर्ने समय आएको छ ।

४० वर्षिया परियारकोे घाँटीमा थाईराइटको क्यान्सर भएको भक्तपुर हस्पिटलले प्रमाणित गरेको हो । परियारको श्रीमान पर्शुराम परियार १६ वर्ष अघि नै देहान्त भएपछि छोराछोरीलाई पालनपोषण गर्दै धरान —११ ओईलेनी जग्गा (सुकुम्बासी) बस्तीमा बसोबास गदै आएकी थिइन् ।
कुमारीका भाई पुष्प परियार भन्छन ‘दिदीको आर्थिक अवस्था नाजुक छ, हामी आफन्तले सक्दो सहयोग ग¥यौं तर अब उहाँको लागि करिब २ लाख रकम चाहिन्छ भनेर डाक्टरले भनेका छन’ । पैसा जम्मा गर्न नसकेका कारण डाक्टरले शल्यक्रिया गर्ने मिति तोकेका छैनन् । दिदीको आर्थिक अवस्था कम्जोर भएकाले भाई पुष्पाले दयालु मन र सहयोगी हातहरुलाई मानवीय रुपमा सहयोग गरिदिनुहुन सबै नेपालीलाई अनुरोध गरीरहेका छन् ।

कुमारी २०७६ साउन २९ गते देखि भक्तपुर क्यान्सर हस्टिलमा उपचार गराउँदै आएकी छिन् । कुमारीले हस्पिटलमा सम्बन्धित विशेषज्ञबाट उपचार गराउँदै आएको अस्पतालका सिनियर काउन्सलर बालकेशरी कोजुले जानकारी दिईन् । कुमारीलाई नेपाल सरकारको बिपन्न राहत कोषबाट गरिबी तथा असहायले पाउने १ लाख बराबरको सेवा सुविधाका लागि धरान उपमहानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीबाट सिफारिस उपलब्ध भए पनि बिरामीका लागि आवश्यक पर्ने औषधी तथा अन्य व्यवस्थापनका लागि अभाव भएको उनका भाई पुष्पाको भनाई छ ।

आर्थिकको अभावले छट्पटिरहेकी कुमारीलाई सहयोग गर्न ईच्छुक दयालु मन र सहयोगी हातहरुले उनका भाई पुष्प परियारलाई सिधा टेलिफोन सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नु हुनेछ । काठमाण्डौंमा रहनु हुने महानुभावहरुले बिरामीलाई सिधै हस्पिटलमा भेटेर पनि आर्थिक सहयोग गर्न सक्नु हुन्छ । दयालु मन र सहयोगी हातहरुका लागि ९८४२२७८०१२ र ९८०७००४७३०

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button