
दिल बहादुर राई
सुनसरीको धरानमा अवस्थित बराह बचत तथा ऋण सहकारी संस्था प्रा.लि.ले यस वर्ष १ करोड ४३ लाख बढी मुनाफा कमाएको छ । भदौं २८ गते शनिबर १० औंं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७५÷०७६ को आय ब्या प्रस्तुत गदै संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले १ करोड ४३ लाख १६ हजार ९८ रुपैया ७६ पैसा संस्थाले मुनाफा गरेको सेयर सदस्याहलाई जानकारी गराएको हो । १० वर्ष अघि १८ पुरुष र १४ महिलाको सहकार्य बिच स्थापना भएको बराह बचत तथा ऋण सहकारी सस्थामा हाल ३ हजार ५ सय २६ जना सेयर सदस्या आबद्ध रहेका छन् ।
संस्थाले सालैपिच्छे लाभांश रकम पनि बढाउँदै लगेको विश्वकर्माले जनकारी दिए । आर्थिक वर्ष २०७५÷०७६ मा १६ प्रतिशत लाभांश बाडेको उनले बताए । विश्वकर्माले जगेडा कोषमा वृद्धि गरी १ करोड २१ लाख ६३ हजार २ सय ५१। ६६ रहेको जानकारी दिए
राज्यलाई अरबौ राजश्व बुझाएको र देशका हजारौ युवा यवतीलाई रोजगार दिएको साथै समाजिक उत्तरदायित्व समेत बहन गदै आएको अध्यक्ष विश्कर्माले साधारण सभामा जानकारी दिए ।
धरान –१६, का सर्वाधिक निक्षेपकर्तामा पहिलो बन्ने बाल कुमार राई , धरान –८ का दोस्रो बन्ने रमा डुम्जन त्यस्तै धरान–१८ का तेस्रो बन्ने कमला श्रेष्ठ लाई सम्मान गरिएको थियो । यसैगरी धरान — १६ का सक्रिय अभियन्ता कल्पना कालिकोटे,विन्जु मगर धरान–१३ का देववीर बज्राचार्य धरान –१५ का दिल कुमारी तामाङ धरान –१८ का ज्योत्सना राई लगायत दर्जन बढी निक्षेपकर्तालाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि जिल्ला सहकारी संंघका वरिष्ठ उपाध्यक्ष एंव धरान नगर सहकारी विकास समितिका संयोजक नरेश इवारमले बराह शेयर पूजीका हिसाबले सुनसरी जिल्लाकै पहिलो सस्थाको रुपमा रहेको बताए । सभा कार्यक्रममा बराह गुुरुपका संस्थापक अध्यक्ष शिवकुमार लामिछाने (विकं), नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीका पूर्व अध्यक्ष ङावालप्टु लामा शेर्पा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सेयर सदस्या, बचतकर्ता,सरोकारवाला,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागीता रहेको साधारण सभा कार्यक्रमको समापन बरहा गुरुपका प्रशासकीय अधिकृत गंगा कालिकोटेले गरेका थिए ।