ख्रिष्टियन महासंघको प्रदेश स्तरीय भेला मोरङमा सम्पन्न

राष्ट्रिय ख्रिष्टियन महासंघको प्रदेश स्तरीय भेला मोरङमा सम्पन्न भएको छ । मोरङको पथरी शनिश्चरे –४ स्थित प्रतिज्ञा विश्वासको मण्डलीमा सोमबार ं१ नम्बर प्रदेश स्तरीय भेला सम्पन्न भएको हो । भेलाले एनोश गजमेरको संयोजकत्वमा प्रदेश समिति चयन गरेको छ ।
नयाँ समितिले आगमी माघ १६ गते १ नम्बर प्रदेशको अधिवेशन गर्ने भएको छ । अधिवेशन गर्नु अघि १ नम्बर प्रदेशका १४ वटै जिल्लामा समिति विस्तार गरी सक्ने भेलाले निर्यण गरेको हो ।
समितिको सदस्यामा इन्द्र बहादुर नेपाली, डिल्लीराम पौडेली, धनराज राई, गायत्री प्रसाद थेबे, डिबी सिलास राई, सुकबहादुर राई, बिजय राई, हिमाङसु राय, भिम लामिछाने, एडवीन राई, मन खुदाङ, खगेन्द्र श्रेष्ठ, तारा दवाडी, जोन मुर्मु, सरोज राई, पूर्णलाल तामाङ, सूर्य तामाङ, धनकुमार राई, पूर्ण लिम्बु, योगेन्द्र राई, रामु सुवेदी र अविधन राई चयन भएका छन ।
समितिले केन्द्रीय प्रतिनिधिको उपस्थितिमा जिल्लामा प्रशिक्षण सहित जिल्ला भेला ४ महिना भित्र सम्पन्न गरी माघ १६ गते प्रदेश अधिवेशन गर्न तयारीमा जुट्न महासंघका केन्द्रीय अध्यक्ष सिवी गहतराजले निर्देशन दिएका छन ।
महासंघले केन्द्र, प्रवास, प्रदेश, जिल्ला र स्थानीय तहसम्म आफ्नो संगठन बनाउन पाउने विधान अनुसार महासंघको तल्लो स्तरसम्म समिति निर्माणमा जुटेको महासंघका सदस्य सचिव कर्णलाल पाण्डेले जानकारी दिए । महासंघमा मण्डलीबाट प्रतिनिधि चयन भएर जानुपर्ने र त्यस्ता प्रतिनिधिहरुको भेलाले समिति तय गर्ने उनको भनाई छ ।