समाचारसमाजहेडलार्इन

ठुलो क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट

सात बिघा क्षेत्रफलमा लगाईएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । चितवनको पहाडी इलाकामा ठूलो क्षेत्रफलमा लगाएको गाँजा खेती प्रहरीको टोलीले नष्ट गरेको हो ।

राप्ती नगरपालिका –१२ को विभिन्न स्थानहरुको सात बिघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरिएको लिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तै, एक कठ्ठा क्षेत्रफलमा लगाएको गाँजाको बेर्ना पनि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । गाँजा खेती नष्ट गर्नुका साथै अवैध लागु औषध कारोबार र अन्य अपराधिक गतिविधिहरु बारे निगरानी तथा विभिन्न सम्भावित स्थानहरुको खोजी गरिरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button