पर्यटनसमाचारहेडलार्इन

मौसमका कारण आठ वटा हेलिकप्टर काठमाडौं प्रवेश गर्न सकेनन्

मौसममा आएको बदलीका कारण आठवटा हेलिकप्टर काठमाडौं प्रवेश गर्न नसकेर काभ्रे र सिन्धुलीमा अवतरण गरेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विभिन्न जिल्लाबाट काठमाडौंका लागि उडेका हेलिकप्टरले मौसम प्रतिकूलताका कारण आकस्मिक अवतरण गर्नुपरेको हो ।

“मौसममा आएको बदलीका कारण विभिन्न जिल्लाबाट काठमाडौं आउँदै गरेका हेलिकप्टर काठमाडौं आउन सकेका छैनन्,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले कोशीपोष्ट सँग भने, “काठमाडौं आउन नसकेका हेलिकप्टर काभ्रे र सिन्धुलीमा आफूलाई सहज पर्ने ठाउँमा अवतरण गरेका छन ।”

प्रवक्ता तिवारीका अनुसार पूर्वी नेपालमा मौसममा आएको बदलीका कारण केही असहज भएको हो । तत्लो तहमा नै बाक्लो बादल लागेका कारण विमान उडान तथा अवतरणमा केही अप्ठ्यारो भएको उनको भनाइ छ । काठमाडौं विमानस्थलमा भने विमान उडान तथा अवतरण भइरहेको तिवारीको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button