राजनीतिसमाचार

विप्लव समूहको कार्यालयमा प्रहरीले छापा मार्यो , जिल्ला सेक्रेटरी र जनसरकार प्रमुख पक्राऊ

विप्लब समूहको कार्यलयमा प्रहरीले छापा मार्दा जिल्ला सेक्रेटरी र जनसकार प्रमुख पक्राऊ परेका छन् । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको झापास्थित गोप्य कार्यालयमा छापा मारेको हो ।

सोमबार मध्यरातमा प्रहरीले बिर्तामोड नगरपालिका –४ स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय पछाडि रहेको गोप्य कार्यालयमा छापा हानेको हो ।

प्रहरीले कार्यालयबाट विप्लवकै हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेज, पार्टी सर्कुलर, चन्दा संकलनका रसिद, आन्तरिक निर्णयका साथै दुई थान पेस्तोल र चार राउण्ड गोली समेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीले विप्लव समूहविरुद्ध संयुक्त अपरेसन चलाएको हो ।

प्रहरीले झापा जिल्ला सेक्रेटरी प्रविण मिश्र, जिल्ला जनसरकार प्रमुख टीका पोखरेल र मकवानपुरका कार्यकर्ता अनुल सारु मगरलाई समेत पक्राउ गरेको छ ।

प्रहरीले झापामा भएका विष्फोट पोखरेल र मिश्रकै योजनामा भएको दाबी गरेको छ । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

सरकारले गत फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्धको घोषणा गरेको थियो । प्रतिबन्धपछि मात्रै विप्लव समूहका ६ सयभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परीसकेकछन् । उनीहरुको साथबाट केही थान अत्याधुनिक हतियार समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button