खेलकुदसमाचार

कुलतमा फसेका युवाले उपाधी संगै नगद ५१ हजार जिते

लतमा फसेका युवाले उपाधी संगै नगद ५१ हजार जितेका छन् । धरान— १६ का अबतार श्रेष्ठले वीरगञ्जमा सम्पन्न ‘ओपन रेन्बो क्लासिक राष्ट्रिय बडिविल्डिङ च्याम्पिनसीप’ को मेन्स फिजिक्समा बिजेता भई उपाधी र नगद जितेको हो ।

कुलत अर्थात लागूपदार्थ दुव्र्यसनमा फँसेका युवाले समाज बिगाछ भन्ने भनाईलाई उनले त्यस्ता युवाले पनि समाजका लागि केही गर्न सक्छ भन्ने उदारणीय काम गरेको छ ।  यहि असोज ३ र ४ गते वीरगञ्जमा च्याम्पियनसीपको आयोजना भएको थियो । देशभरका १३ जना प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठ च्याम्पियन बनेका हुन । उनले उपाधिसँगै ५१ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल पाएका छन् ।

धरान सँगै वीरगञ्ज, झापा, काठमाडौं, नेपालगञ्ज, चितवन, बुटवल लगायतका प्रतिस्पर्धीले प्रतियोगितामा सहभागित जनाएका थिए । सोमबार पत्रकार सम्मेलन गरेर उनी सम्मानित बनेका हुन । उनीसँगै प्रशिक्षक पूर्ण लिम्बूलाई पनि सम्मान गरिएको थियो । संजीवनी सुधार केन्द्र धरान–१३ ले उनीहरूलाई सम्मान गरेको हो ।

बडिविल्डिङ सुनसरी धरानका उपाध्यक्ष कविरभगत प्रधानाङ्ग, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, लेखक तथा अग्रज पत्रकार जनकऋषि राई लगायतले पत्रकार सम्मेलनमा विजेता अबतार श्रेष्ठलाई शुभकामना दिएका थिए ।

३३ वर्षिय श्रेष्ठे सुधार केन्द्रमा पुगेर तीन महिनामै च्याम्पियन बन्दा अहिले प्रशिक्षक लगायत धरानका युवाहरु पनि खुशी बनेका छन । ‘समयमै आफूलाई यस क्षेत्रतर्फ आकर्षित गरेर फेरि सामान्य जीवन तिर फर्कन्दा नयाँ जिवनको शुरुवात भएको श्रेष्ठले सम्मेलनमा अनुभव बाँडेका थिए ।

?????????????????????????????????????????????????????????

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button