अर्थ खबरसमाचार

बचत तथा ऋण सहकारी संस्था संचालक विकको घर घेराऊ=

बचत तथा ऋण सहकारी संस्था संचालक विकको घर घेराऊ

सुनसरीको धरानमा ंसंचालित सल्लेरी बचत तथा ऋण सहकारीका संचालक कृष्ण बिकको घर घेराऊ गरिएको छ । सहकारीको पैसा हिनामिना गरेपछि बिहिवार बचत कर्ता र बचत संकन कर्ताले संचालक कृष्ण बिकको धरान — १५ मा रहेको घरमा पैसा माग्दै घर घेराउ गरिएको हो ।

बचत कर्ताले बचत संकलन कर्ताको घरमा गएर जायजेथा उठाउने दवाब दिएपछि संकलक सहित बचत कर्ताहरु नै बिकको घर पुगेका थिए । बचत कर्ताहरुले सहकारीकोे कार्यालय र घर समेत नदेखेको तर संकलन कर्ताको बिश्वासमा पैसा दिएकोले संकलन कर्ताको घर घेराउ गरेपछि संकलनकर्ताहरुले बचतकर्ताहरुलाई लिएर बिकको घर गएका हुन् ।

धरान —३ मा बसेर सल्लेरी सहकारीको बचत संकलन गर्दै आएका खड्ग मायाले भने बचत कर्ताहरु आफ्नो घरको जायजेथा उठाउन आएकोले बचतकर्ताहरु संचालकको घर आएको बताईन् ।

घरमा तत्कालीन प्रवन्धक बनाएका कृष्ण बिकको छोरा थिए । उनले सबैको पैसा दिने बताए । हाल धरान वडा नम्बर—४ देबिगाँउमा चार कठ्ठामा रहेको ऐलानी जग्गा र त्यहाँ रहेको सुँगुरको फार्म बेचेर पैसा फिर्ता गर्ने बताए र्। फार्ममा साना ठुला गरी ३० वटा सुँगुर छ,फार्मको जग्गा ऐलानी भएपनि जग्गाको पनि पुरै पैसा चुक्ता नभएको छैन ’ उनले भने र्। सल्लेरी सहकारीले करिब पचास साठी लाख ऋण लगानी गरेका छौंं तर ऋणदाताले पैसा फिर्ता गर्न मानेका छैनन् हामी व्यवहार मिलाउछौं’ प्रबन्धक छोराले भने ।

किकको घरमा पैसा फिर्ता लिने दबाब दिन करिब ३०÷४० जना पुगेका थिए । धरान १५ का देबिमाया रसाईलीको यस अघिको पैसा र हाल साउन १४ गते अवधी पुगेको ९० हजार सहित दुई लाख रहेको बताईन । त्यस्तै विकको घर पुगेका धरान १५ का दिपेश सयल ६० हजार,भिम रसाइलीको ५४ हजार पाउनु पर्नेे भएकोले संकलन कर्ताकोमा जाँदा संचालक कृष्ण बिकको घरमा ल्याएको उनले बताईन ।

क्रमिक रुपमा भुक्तान गर्दै जाने भनेपछि केही समयका लागि मत्थर भएको छ । बचत कर्ताले सल्लेरी संचालकले पैसा फिर्ता नगरे संकलन कर्ताको घरको जायजेथा उठाएर असुल्ने बचतकर्ताले संकलनकर्तालाईे चेतावनी दिएका छन् ।

सल्लेरी बचत तथा रिण सहकारीका संचालक कृष्ण बिक २०७६ साल असार २३ गतेदेखी सम्पर्कबिहिन रहेको भन्दै संचालक समितिले नै उजुरी दिएका थिए । त्यसपछि कृष्ण बिकलाई बुटवलबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानले साउन ३० गते सार्वजनिक गरेको थियो । बिकको हाल धरान १५ मा रहेको घर असार २७ गते सांसद निन निश्वकर्माका सालीको नाममा १ करोड ७५ लाखमा नामसारी भएपछि मीन बिश्वकर्मा समेत सल्लेरी काण्डमा मुछिएको छ ।

५ करोड बढी रकम हिनामिना गरेको भन्दै संचालक कृष्ण बिक पुर्पक्षका लागि जेल चलान भएको छ । कृष्ण बिकको तर्फबाट वकालत गर्दै आएका अधिवक्ता सर्वधन राईले अहिले मुद्दाको बहस भैरहेको जानकारी दिएको छ । सहकारी ऐन २०७४ अनुसार बचत कर्ताको ब्याज सहित फिर्ता गर्नुपर्ने त्यसरी फिर्ता गर्न नसकेमा संचालक समितिको सम्पत्ति समेत जफत गर्ने व्यावस्था रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button