नयाँ कार्यसमितिमा नरेश याम्फु

धनकुटा
धनकुटामा हालै भएको याम्फु जातिको अधिवेशनले नरेश याम्फुको अध्यतामा नौं सदस्या चयन गरेको छ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकरण नभएका याम्फु जातिकोे जिल्ला अभिवेशनले नरेशको अध्यक्षतामा कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्याक्ष मित्रकुमार याम्फु सचिब पुष्पकला याम्फु,सहसचिव बलबहादुर (मिलन) याम्फु,कोषाध्यक्ष कबिराज याम्फु,सदस्यहरुमा टेकेन्द्र याम्फु,पबि याम्फु,सबिना याम्फु,सुमनबाउ याम्फु रहेका छन ।
हाल धनकुटा जिल्लामा याम्फु समुदायको संख्या करिब पाँच सय घर रहेको अध्यक्ष याम्फुले जानकारी दिए । अधिबेशनमा याम्फु किरातका केन्द्रिय सचिब सुरेस गेसा याम्फु नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद चौबिसे गाउँपालिकाका अध्यक्ष दिवा चेम्जोङ सहित याम्फु समुदायका अग्रजहरुको उपस्तिथि रहेको थियो ।
याम्फु समुदाय सहित अन्य समुदायलाई सूचीकरण नगरिएकाले सूचीकरणको माग गरिएको छ । याम्फु समुदायले आफ्नो लेखोटमा पनि राई लेखाउदै आए पनि पछिल्लो समयमा छुट्टै समुदाय दाबी गर्दै सूचीकरण हुनुपर्ने माग गर्दै आएका छन ।