राजनीतिसमाचार

धरानको धार्मिक पर्यटकिय क्षेत्रमा भ्रष्टाचार विरुद्ध पर्चा वितरण शुरु

रानको धार्मिक पर्यटकिय क्षेत्रमा भ्रष्टाचार बिरुद्ध पर्चा वितरण शुरु गरिएको छ । हिन्दुहरुको महान चाड दशैमा शक्ति पिठमा पुजा गर्न आउने श्रद्धालु भक्तालुलाई भ्रष्टाचार विरुद्धको जनचेतना फैलाउने उद्देश्यले जनमुक्तिले पर्चा बितरण अभियान थालेको हो ।

धरानको दन्तकाली र बुढासुब्बा मन्दिरमा आउने भक्तजनलाई लक्षित गरेर शनिबार बिहान देखि भ्रष्टाचार बिरुद्धको पर्चा बितरण गरिएको राष्ट्रिय जनमुक्ति पार्टी धरान नगर अध्यक्ष चित्रराज थापा मगरले जानकारी दिए । पर्चा बितरण साथै भ्रष्टाचार बारे सुझाब तथा प्रतिक्रिया संकलन गरिरहेको थापा मगरले बताए ।

जनमुक्ति पार्टीले भ्रष्टाचार विरुद्ध पहिलो चरणको कार्यक्रम यहि २०७६ जेष्ठ देखि देशको ७ वटा प्रदेशबाट हस्ताक्षर संकलन गदै आएको छ । यो कार्य आगामी मंसिर २३ गतेसम्म जारी रहने अध्यक्ष मगरले जानकारी दिएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपि पालुङ्बाले मंसिर २३ गते बिश्व भ्रष्टाचार बिरुद्ध दिवस परेकोले दोस्रो चरणको आन्दोलन पनि सोही दिन घोषणा गरिने बताए ।

पाटीले भ्रष्टाचार विरुद्धको टिम भित्री रुपमा खटाई सकेको जनाउदै त्यस बारे जानकारी बाहिर ल्याउने उनले सुनाए । नेपालमा समृद्धिको नारा चर्को गर्ने तर बिदेशिको ठुला नेता आउदा मात्र समृद्धि हुन्छ भन्ने सोचाई रहेको पालुङ्बाले बताए । बिदेशी ठुला नेता आउदा थाल थाप्ने गलत प्रवृत्ति भएको भन्दै भ्रष्टाचार निर्मुल नभएको अवस्थामा बाहिरी अनुदानले मात्र समृद्धि नहुने उनको तर्क थियो । भ्रष्टाचार निर्मुल र सम्पत्ति छानबिन गर्नु पर्ने उनको धारण थियो ।

हाल नेपालमा ३१ प्रतिशत मात्र लगानी गर्ने बाँकी सबै भ्रष्टाचार हुने भएकाले भ्रष्टाचार अन्त्य गर्नु पर्ने पालुङ्बाको भनाई थियो । सोमालियाको उदाहरण दिदै सोमालियामा ८८ प्रतिशत भ्रष्टाचार भएकोले नै समृद्धि नभई त्यहाँका जनता गरिबिको रेखामुनि पुगेको उनले ठम्याई थियो । नेपालमा पनि ६९ प्रतिशत भ्रष्टाचार हुने र ३१ प्रतिशत मात्र बिकास निर्माणमा खर्च परिपाटीले सोमालियाको जस्तै समस्या नेपालमा पनि आउन सक्ने पालुङ्बाले चिन्ता व्यक्त गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button