समाचारसमाज

प्रहरी दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण

धनकुटा

प्रहरी दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्लामा शान्ति सुरक्षा स्थापनामा उत्कृष्ट काम गर्ने सामाजिक संघ संस्था ,अमर प्रहरी परिवारलाई सम्मान र प्रहरीहरुलाई पुरस्कार प्रदान गरेको हो ।

जिल्लामा शान्ति सुरक्षा स्थापनामा र लागु औषध नियन्त्रण गर्न महत्वपूर्ण सहयोग गर्ने विभिन्न सामाजिक संघ संस्था,अमर प्रहरी परिवार र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकोे छ ।

१ नम्वर प्रदेशका न्यान कानुन तथा बिद्यान समितिका सभापति सांसद इन्द्रणमी पुराजुली,प्रदेश सासंद लिला सुब्बा,जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चुवान,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामांग,पाख्रिवास नगरपालिकाका प्रमुख बृख वहादुर राई,महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल,धनकुटका प्रमुख जिल्ला अधिकारी डा.कृष्ण वहादुर घिमिरे,जिल्ला प्रहरी कार्यालय धनकुटका प्रहरी उपरिक्षक सुर्दशनराज कोईराला लगायतले सम्मानित हुने व्यक्तिलाई दोसल्ला ओढाएर सम्मान गरिएका थिए । राम्रो कार्य सम्पादन गर्ने प्रहरीहरुलाई नगद पुरस्कारले सम्मान गरिएको थियो ।

प्रमुख अथिति तथा अथितिहरुले शान्ति सुरक्ष स्थापना गर्न सवैको सहयोग भएमात्र सफल हुने वताएका थिए । कार्यक्रममा प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालको सन्देश तथा निर्देशन जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले बाचन गरेर सुनाएका थिए भने भने धन्यवाद मन्तव्य जिल्लाका प्रहरी उपरिक्षक सुर्दशन राज कोईरालाले बाचन गरेका थिए ।

अमर प्रहरीको तर्फबाट स्वर्गीय प्रहरी भुपाल आर्चायकी श्रीमती कमला आर्चाय ,सामाजिक संघ संस्थाको तर्फबाट महिला पुर्नस्थापना सेवा केन्द्र धनकुटाको तर्फबाट सचिव हिमा कुमारी चेम्जोङ,त्रिवेणी मावि धनकुटाको प्रधानाध्यापक इश्वरी प्रसाद अधिकारी,गोकुण्डेश्वर माविका प्रधानाध्यापक यज्ञ प्रकाश चापागाई,भाषा मावि कागतेको प्रधानाध्यापक गोविन्द राइ र ,जाल्पा देवी मावि पाख्रिवास,भानु मावि डाँडाबजार र जग्गा दाताको तर्फबाट मुढेवास प्रहरी चौकीलाई जग्गा प्रदान गर्नेे मोविन्द्र लिम्बु र हिले प्रहरी चौकीलाई जग्गा प्रदान गनेृे प्रेम प्रसाद लिम्बु सम्मानित भएका छन् ।

यसैगरी उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरिक्षक विजय राज पण्डित,प्रहरी निरिक्षक भाष्कर खतिवडा, प्रहरी नायव निरिक्षक राजु विष्ट,प्रहरी सायहयक निरिक्षक श्याम कार्की,प्रहरी एचःसीहरु ढाग वहादुर श्रेष्ठ, राम कुमार यादव,प्रहरी जवानहरु दिनेश राजबंशी,मनिल राई,कल्पना तामांग,चन्द्र कुमारी चौधरी,गुनेन्द्र राजबंशीलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. १ धनकुटाका सांसद निरन राई,छथरजोरपार्टी गाउपालिका प्रमुख शेर वहादुर राई,नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगाना,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,समाजवादी पार्टी धनकुटाका सचिव श्रीराम रायमाझी,राष्टिय जनमोर्चा धनकुटाका अध्यक्ष तुलमान राई,सचिव कोपिला शंकर,संघिय लिम्बुवान राज्य परिषदका धनकुटा इञ्र्चाज चन्द्रसिंह नेम्वाङ,राप्रपा संयूक्त धनकुटाका मिन कार्की,राजपा धनकुटाका अध्यक्ष इन्द्र रसाईली,नेकपा माओवादी कान्तिकारी धनकुटाका सचिव गोपाल विक,धनकुटा जिल्ला समम्वय अधिकारी तिर्थ प्रसाद धिताल,पूर्व प्रहरीको तर्फबाट डम्वर कटुवाल, नेपाल पत्रकार महासंघका १ नम्वर प्रदेश उपाध्यक्ष स्मिता निरौला,नेपाल रेडक्रस सोसाईटी १ नम्वर प्रदेशका अध्यक्ष नरेन्द्र पोखरेल,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,उपाध्यक्ष तारा तुतिंग,धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठ लगायतले दिवस कार्यक्रममा शुभ कामना आदनप्रदान गरेका थिए ।

यसैगरी सुरक्षा निकायका प्रमुखहरु, सामाजिक संघ संस्थाका प्रमुखहरु एंव प्रतिनिधि लगायत प्रहरीहरुको बाक्लो उपस्थितिमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृ राम वहादुर थापा,जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकिय अधिकृत जयराम श्रेष्ठ,मानवअधिकार कर्मी बिदुर सुवेदी,नेपाल नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे,वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,वडा नं. ७ का वडाध्यक्ष जंग वहादुर राई,वडा नं. १ का सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष लालचन गोङ्वा,होटल एशोसिसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट,जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दर बाबु श्रेष्ठ,महिला अधिकारकर्मी गिता अधिकारी,सुमना तिम्सिना,फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button