राजनीतिसमाचारहेडलार्इन

सहमती,सहकार्य र एकता भए मात्र समृद्धि नेपाल बन्छ ःनेताहरु

धनकुटा

राजनैतिक दलहरु विच सहमती सहकार्य र एकता भए मात्र समृद्धि नेपाल बन्ने राजनैतिक दलका नेताहरुले बताएका छन् । गोजागत पूर्णिमाको अवसरमा नेपाली कांग्रेसले आईतबार धनकुटामा आयोजना गरेको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा सहभागी नेताहरुले यस्तो बताएको हो ।

मुलुकको समस्या साधान गरी मुलुकलाई समृद्धि बनाउन सबै राजनैतिक दल र नेताहरु बीच सहकार्य आजको आवश्यकता भएको उनीहरुको भनाई थियो ।

कार्यक्रममा प्रदेश नम्वर १ का न्याय प्रशासन तथा विद्यायान समितिका सभापति सांसद इन्द्रमणी पराजुलीले सवै राजनैतिक दल विच महत्वपूर्ण विषयमा एकता र सहकार्य आवाश्यक रहेको बताए ।

यसैगरी १ प्रदेश सभा सदस्यहरु निरन राई,कुसुम कुमारी श्रेष्ठ,लिला सुब्बा,संविधान सभा सदस्य मनोर हनारायण श्रेष्ठ,धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान,उपप्रमुख बंगलादेवी राईले मुलुकको समस्या सामधान गर्र्न दलहरुको सहमती सहकार्य र एकता हुनु पर्नेमा जोड दिएका थिए ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण वहादुर घिमिरे,समाजवादी पार्टी धनकुटाका अध्यक्ष बल वहादुर राई,राष्टिय जनमोर्चा धनकुटाका सचिव कोपिला शंकर,राप्रपा संयूक्तका जिल्ला सदस्य मिन वहादुर कार्की,संघिय लोकतान्त्रिक मञ्च धनकुटाका प्रमुख चन्द्र सिंह नेम्वाग,नेपाली कांग्रेसका महासमिति सदस्य आनन्द सन्तोषी राई,कोषाध्यक्ष दिनेश राईले लगायतले धनकुटामा राजनैतिक सहमती र सहकार्यको आवाश्यक भएको औल्याएका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा दशैलाई बिदाई गदै आउदै गरेको तिहार,छैड,नेपाल सम्मत,मंसिरे चाड आदिको शुभकामना मन्तव्य नेताहरुले राखेका थिए । कार्यक्रमको उदेद्दय माथि प्रकाश पादै जिल्ला सचिव विजय सन्तोषी राईले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक सुर्दशन प्रसाद कोईराला,सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म धनकुटाका गुल्पति प्रहरी नायव उपरिक्षक सचिन कर्माचार्य, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत राम वहादुर थापा, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,१ नम्वर प्रदेश शिक्षा निर्देशनालयका कृष्ण पाखरेल,पुष्प वराल, धनकुटा जिल्लाका विभिन्न वडाका वाडाध्यक्षहरु तत्कालिन राप्रपा प्रजातान्त्रिक धनकुटाका पूर्व उपाध्यक्ष टिका प्रसाद घिमिरे,नेपाल शिक्षक संघका १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना,अर्थ महासचिव राम कुमारी भण्डारी,जिल्ला अध्यक्ष धिरेन्द्र वहादुर लिम्बु,नेपाल टेड युनियन कांग्रेस धनकुटा अध्यक्ष विगेन्द्र याक्खा, नेपाल तरुण दल धनकुटका क्षेत्रिय अध्यक्ष तिक महत,नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष स्मिता निरौला,धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राई,सचिव विदुर खवास,फोनिजका अध्यक्ष सन्तवीर लामा,प्रेस युनियनका निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला,उपाध्यक्ष नरेन्द्र कस्चित,सचिव विकास घिमिरे ,डि.बि आर टेलिभिजनका प्रमुख तथा कोशीपोष्ट डटकम अनलाईनका सञ्चालक दिल वहादुर राई पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपाली कांग्रेस धनकुटा जिल्ला ,दुवै प्रदेश सभा निर्वाचन क्षेत्र,नगर तथा गाउँपालिका कार्य समिति,भात्तृ तथा शुवेत्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र धनकुटाका सवै कांग्रेसजनले एक अपासमा शुभकामना आदन प्रदान गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button