धर्म संस्कृतिसमाचार

धर्मको विषयमा युद्ध नुहुने देश नेपाल हो ः सभामुख भण्डारी

धर्मको विषमा युद्ध नहुने देश नेपाल भएको प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले बताए । विश्व हिन्दु परिषद् नेपालले धरानमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गदै सभामुख भण्डारी यस्तो बताएको हो र्। धर्म आस्था हो धर्म विश्वास हो धर्मले मानिसलाई अनुशासन सिकाउँछ हाल सम्म युद्ध नभएको देश नेपाल हो ’ सभामुख भण्डारीले कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । आउदै गरेको तिहारमा सबै पुरुष खेलभाड र घुमफिरमा जाने र सबै काम महिलाको जिम्मवारीमा थुपार्ने प्रचलन भएकाले महिलामैत्री चार्ड बनाउन पुरुषले पनि चार्डमा काम सघाउनु पर्ने सभामुख भण्डारीको भनाई थियो ।

विश्वको सबै भन्दा अग्लो त्रिशुल निर्माण धरानमा हुन लागेकोमा शुभकामना दिदै भण्डारीले धरानमा त्रिशुल निर्माण भए धरान र १ नं. प्रदेशको मात्र नभई सिंगो नेपालको नाम रहने सभामुख भण्डारी बताए । हिन्दु परिषद् नेपालले आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मन कार्यक्रमको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

कृष्ण प्रसाद श्रेष्ठ,यज्ञ प्रसाद आयचर्य, र लक्ष्मी प्रसाद रिजाललाई सम्मान गरिएको हो । हिमालको फेदमा बसोबास गर्ने सबै हिन्दु भएकाले हिन्दु भनेको धर्म नभई सभ्यता भएको कार्यक्रम संयोजक तथा संस्थाका अध्यक्ष देवराज अधिकारीले बताए । २०७१ सालमा विश्व हिन्दु परिषद् नेपाल संस्था स्थापना गरेको जानकारी गराउँदै हिन्दु भनेको सभ्यता भएकाले विश्व हिन्दु परिषद् संस्थाले विश्वको सबै भन्दा अग्लो त्रिशुल निर्माण गर्न लागेको कार्यमा सबै प्रदेशवासी र धरानवासीलाई सहयोग गर्र्न अध्यक्ष अधिकारीले अनुरोध समेत गरे ।

४ वर्ष भित्र विश्वको सबै भन्दा अग्लो त्रिशुल सुनसुरीको उपमहानगरपालिका वडा नं. २० कार्कीछापमा निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले शुभकामना कार्यक्रममा बोल्दै जानकारी दिए । त्रिशुल निर्माणका लागि दाताले १ करोड मुल्य बराबरको १० कठ्ठा जग्गा निशुल्क उपलब्ध गराईसकेको र त्रिशुल निर्माण गर्न करिब ५ करोड रकम आवश्यक्ता पर्ने अध्यक्ष अधिकारीले बताए ।

१ प्रदेशका सरकार र धरानवासीले त्रिशुल निर्मााण सहयोग गरे त्रिशुल चाडो निर्मााण हुने र धार्मिक पर्यटक मार्फत १ न. प्रदेश र धरानमा आय श्रोत थपिने अध्यक्ष्य अधिकारीको भनाई छ । देवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि सभामुख प्रदीप भण्डारी, धार्मिक र संघ संस्थका प्रतिनिधिहरुले शुभकामना तथा मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा धरानका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत धार्मिक क्षेत्रका सरोकारवालहरुको उपस्थिति रहेको थियो ।

फोटोः कोशी पोष्ट

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button