
धनकुटा हिलेका यूवा समाज सेवी तथा नेपाली कांग्रेस धनकुटा हिलेका यूवा नेता सक्रिय सदस्यत अर्जुन शाही र यूवा व्यावसायी नवराज शाहीको पिता समाजसेवी डम्वर बहादुर शाहीको निधन भएकोमा आज नेपाली कांग्रेस धनकुटाले हिलेमा श्रद्धाञ्जली कार्यक्रमका साथ परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य रुकमान तामांग,क्षेत्रिय सहसचिव बुद्ध तितुङ्ग तामांग, नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत,नेपाली कांग्रेस हिलेका सदस्य नगेन्द्र काफ्ले,दामोदर घिमिरे लगायतले समाजसेवी स्वर्गीय डम्वर वहादुर शाही प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको थियो ।
सो अवरमा शोकाकुल परिवारजनमा नेपाली कांग्रेस धनकुटाको तर्फबाट समवेदना पत्र समेत प्रदान गर्नु भएको थियो ।
धनकुटा हिलेका यूवा समाज सेवी तथा नेपाली कांग्रेस धनकुटा हिलेका यूवा नेता अर्जुन शाही र यूवा व्यावसायी नवराज शाहीको को पिता समाज सेवी डम्वर बहादुर शाहीको ५८ बर्षको उमेरमा हालै निधन भएको थियो ।