गीत संगीतसमाचार

‘विच्च बिच्चमा हामी पनि नाच्नु पर्छका’ गायक दुर्गेश थापा प्रहरीको नियन्त्रणमा

मोडल तथा गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । तिहारलाई मध्यनजर गर्दै थापाले निकालेको गीतमा राखिएको शब्द विवादमा तानिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले थापालाई पक्राउ गरेको छ ।

गायक थापालाई बालाजुबाट प्रहरीले नियन्त्रणमा लिएर हाल महाशाखामा राखिएको माहाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सहकुल बहादुर थापाले जानकारी जानकारी दिए । गायक थापाले तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरेको गीतले समाज भड्किलो बनाउने भन्दै उजुरी परेको थियो । दुर्गेशले सार्वजनिक गरेको गीत युट्युबबाट हटाए उनलाई छाड्न सक्ने पनि जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button