धनकुटाकोे सहिदभूमी गाउँपालिकाको विकास र समृद्धी कृषि पर्यटन र साना उद्योगबाट गर्न सकिने भएको छ । गाउँपालिकाको वडा नं. ६ थलथलेमा नेपाली कांग्रेसले आयोजना गरेको शुभ कामना आदन प्रदान तथा अन्र्तक्रिया कार्यक्रममा शुक्रबारसहभागीहरुले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु कमोट फागो,रोशेष श्रेष्ठ,तिर्थ राई,रमेश इवाहाङ्ग,क्षेत्रिय सभापति जितेन्द्र राई,महाधिवेशन प्रतिनिधि तथा नेपाल शिक्षक संघका १ नम्वर प्रदेश समितिका अर्थ महासचिव राम कुमारी भण्डारी,नेपाल शिक्षक संघका धनकुटा अध्यक्ष थिरेन्द्र लिम्बु,पूर्व महासमिति सदस्य शिव कुमार राई,नेपाली कांग्रेस सहिदभूमीका सचिव रुद्र राई,नेपाल तरुण दलका वरिष्ठ उपाध्यक्ष धिरज तामांग,सचिव नरेन्द्र कस्चित,दलित संघका कमल परियार,नेपाल तरुण दल सहिदभूमीका अध्यक्ष साजन राई लगायतले सहिदभूमी गाउँपालिकाको विकास र समृद्धी कृषि पर्यटन र साना उद्योगबाट सम्भव रहेको बताउँदै तिहार,नेपाल सम्वत,छड,मंसिरे चाड र पापानीको शुभ कामना व्यक्त गनु गरेका थिए ।
नेपाली कांग्रेस सहिदभूमी गाउपालिका वडा नं. ६ का सभापति विकास राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष कविता राईले राखेकी थिइन् । कार्यक्रमको उदेश्यमाथि दोर्ण परियार र वडा नं. ७ का सभापति मंगल सिंह राईले प्रष्ट पारेका थिए । कार्यक्रमको संचालन सचिव प्रदिप राईले गरेका थिए । कार्यक्रममा क्षेत्रिय सदस्य कमल कुमारी राई,विष्ण राई,चन्द्रमान राई,लक्ष्मण राई,गिरुभक्त राई,तरुण दल आँखीसल्लाका अध्यक्ष सुनिल राई,शिक्षक संघ सहिदभूमीका उपाध्यक्ष उद्धव खड्का लगायतले एक आपसमा शुभ कामना आदन प्रदान गरेका थिए ।