
संघीय लिम्बुवान पाटीले अमर इजमलाई धरानको मेयर घोषणा गरेको छ । आगमी मंसिर १४ गते हुन लागेको उप निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले धरानको मेयर पदका लागि इजमलाई उम्मेदवार घोषणा गरेको हो ।
मञ्च नेपालले धरानमा शनिबार पत्रकार सम्मेलन गर्दै मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर बहादुर इजम (लिम्बुलाई) उम्मेदवार घोषण गरेको जनाएको छ । मञ्चका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा निर्वाचन परिचालन समिति संयोजक ज्ञान बहादुर गुरुङले पार्टीमा लामो समय देखि योगदान दिदै आएकाले धराने जनताको चाहना अनुसार जिल्ला अध्यक्ष इजमलाई पाटीले उम्मेद्वार बनाउने निर्णय गरेको जानकारी दिए । चुनावलाई लक्षित गरी मुल समिति ५ सय ५ जना र उपसमितिमा ५ सय १ जनाको समिति गठन गरिएको गुरुङले बताए ।
धरानलाई भ्रष्टचारमुक्त शहर बनाउन र विकासका योजनाहरु समयमा नै पुरा गर्नको लागि आफूले धरान उपमहानगरमा आगमी मंसिर १४ गने हुने उप निर्वाचनमा मेयर पदमा उम्मेदवार दिएको अमर इजमले घोषणा कार्यक्रममा बोल्दै जानकारी दिए । चुनाव जितेमा मेयरको हैसियतामा पाउने सेवा सुविधा, भत्ता सबै १ नम्बर वडा देखि २० नम्बर वडाका विपन्न, असहाय, दलित समुदायलाई वितरण गर्ने घोषणा कार्यक्रममा इजमले घोषणा गरे ।
वर्तमान उपमहानगरको नेतृत्वले सबैलाई समेटेर हिड्न नसक्दा विकासमा अवरोध भइरहेको भन्दै आफ्नो जित भएमा सबैलाई समेटेर अघि बढ्ने इजमको भनाई थियो । ‘विकासको तगारो भनेको धरानको नेतृत्वले सबैलाई समेटेर हिड्न नसक्नु हो, म सबै राजनीतिक दल, संघसंसस्थालाई समेटेर पहिला सरसल्लाह लिन्छु र त्यही सरसल्लाह अनुसार विकासको कामलाई अघि बढाउछु,’ इजमले भने ।
जनसहभागिताको नाममा जनतालाई दोहोरो आर्थिक भार परेको भन्दै ६० र ४० प्रतिशतको अवधारणा हटाउने इजमले दाबी गरे । जनताले कर पनि तिर्ने र सहभागिताको नाममा थप आर्थिक पनि ब्होर्नु पर्ने भन्दै नेतृत्वको मिलेमतोमा भ्रष्टचार भइरहेको उनको भनाई थियो । घोषणा कार्यक्रममा बोल्दै धराने जनताले आफूलाई मेयर बनाएर पठाए मेयर बनेको १५ दिनमा २ वटा एम्बुलेन्स खरिद गरी ५० प्रतिशतमा धराने जनतालाई सेवा दिने समेत इजमले बताए ।