
धनकुटा १० कार्तिक, नेपाल सम्वत ११४० को अवसरमा आज धनकुटामा नेवा पुच धनकुटाको आयोजना र धनकुटा सिरानबजारको संयोजन तथा व्यवस्थापनमा मोटरसाईकल ¥याली तथा शुभ कामनाा आदन प्रदान कार्यक्रम सम्पन्न भयो ।
धनकुटाको सिरानबजामा नेवा पुच धनकुटाका अध्यक्ष नविन किशोर शाक्य, नेवा दे दवु धनकुटाका अध्यक्ष श्रीकृष्ण प्रधान,नगर अध्यक्ष रोशन श्रेष्ठ,मिसा खल धनकुटाका अध्यक्ष रेणु श्रेष्ठ र नेवार समुदायका जेष्ठ अभिभावकबाट टिका तथा आर्शिवाद ग्रहण गरी शुरु भएको मोटर साईकल ¥यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रमा गर्दै ठाउ ठाउमा नेपाल सम्वतको शुभ कामना आदन प्रदान गरेको छ ।
कार्यक्रम नेवा पुच धनकुटाका अध्यक्ष नविन किशोर शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो । धनकुटा नगरपालिका वडा नं। ६का वडाध्यक्ष नरेश श्रेष्ठ,विश्व प्रकाश श्रेष्ठ,महेन्द्र श्रेष्ठ,प्रकाश श्रेष्ठ,राजेशलाल सिंह,मनोज नारायण श्रेष्ठ,पुरेन्द्रलाल श्रेष्ठ,कृष्ण श्रेष्ठ,गिता श्रेष्ठ,गंगा श्रेष्ठ,रुपेश श्रेष्ठ,सरोज श्रेष्ठ,जेसिस श्रेष्ठ,जिवलाल थेच्मी,धिरेन्द्रलाल श्रेष्ठ,अनल श्रेष्ठ,सरोज श्रेष्ठ,माधव श्रेष्ठ,तलास श्रेष्ठ लगायत सिरान बजारका सम्पूर्ण बासीहरुको सक्रिय सहभागीता रहेको थियो ।