
ज्यान मार्ने उद्योग मुद्दाका फरार कृष्ण राई पक्राऊ परेका छन् । २०७६ कात्र्तिक ०३ गते अन्दाजी ४ः४० बजेको समयमा टेम्पोको भाडाको बिषयमा सुनसरी धरान वडा नं. १७ बस्ने बर्ष २२ को लोकेन्द्र राईलाई धरान वडा नं. ११ बस्ने बर्ष २८ का कृष्ण राई लगायतले कुटपिट गरी छुराले लोकेन्द्र राईको ढाडमा प्रहार गरी सक्त घाईते बनाएर फरार भएका घटनामा संलग्न ४ जनालाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । कात्र्तिक ३ गते नै पक्राउ गरी ज्यान मार्ने मुद्दामा अनुसन्धान भई रहेकोमा उक्त घटनामा संलग्न कृष्ण राई फरार थिए ।
फरार राई काठमाण्डौंमा लुकी छिपी बसेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरान बाट खटिएको प्रहरीको टोलीले कृष्ण राई लाई यही कात्र्तिक १४ गते फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । राई लाई पक्राऊ पछि ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप प्रकृया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।