राजनीतिसमाचारहेडलार्इन

नेकपाको सचिवालयमा प्रदेश प्रमुक बारे छलफल शुरु

काठमाण्डौं,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे सचिवालयमा प्रदेश प्रमुख बारे छलफल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सोमबार सचिवालय बैठक बसी छलफल शुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन्। सोमबार बसेको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुख नियुक्तिको विषयमा छलफल गर्ने एक सचिवालय सदस्यले जानकारी दिए ।

बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो । सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक बोलाएर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन । सोमबार प्रदेश प्रमुख टुंगो लगाउने भन्दै आइतबारको मन्त्रिपरिषद् बैठक स्थगीत गरिएको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button