राजनीतिसमाचार

टुग्याउन सकेन कांग्रेसले उमेदवार, १० घण्टाकोे बैठक निष्कर्षविहीन

काठमाण्डौं

कांग्रेसले अझै टुंग्याउन सकेन उमेदवार, १० घण्टा लामो बैठक निष्कर्षविहीन टुंगिएको छ । आगमी मंसिर १४ गते हुने उप निर्वाचनका लागि नेपाली कांग्रेसले उमेदवार टुग्याउन नसक्दा निष्कविहिन बैंठक टुंगिएको हो ।

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठक मंगलबार बिहान १० बजे शुरु भएको थियो । १० घण्टा लामो बैठक बसे पनि मनोनयन दर्ता हुनु दुई दिनअघिसम्म पनि कांग्रेसले उमेदवारको टुंगो लगाउन सकेन । दिनभरीमा उमेदवारको टुंगो नलागेपछि बैठकमा संस्थापन पक्षले उमेदवारको निर्णय गर्ने जिम्मा सभापति देउवालाई दिन प्रस्ताव गरेका थिए । तर, संस्थापन इतर समूहले भने त्यसमा असहमति जनाए थिए ।

अन्य क्षेत्रका उमेदवारको लगभग सकिए पनि कास्की २ मा समस्या भएको छ । कास्की २ मा १६ जना उमेदवारको नाम सिफारिस गरिएको छ । मंगलबार बसेको बैंठकले उमेदवार टुग्याउन नसकेपछि बुधबार पुन बैंठक बस्ने नेताहरुले जानकारी दिए । उपनिर्वाचनका लागि बिहीबार चुनावी प्रक्रिया शुरु हुनेछ । कांग्रेसले यस अघि एक विज्ञप्ति जारी गर्दै सरकारले प्रदेश प्रमुखको बर्खास्ती गरेर निर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप लगाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button