कांग्रेसका सदस्य डिल्ली कुमार राईको निधन

धनकुटा जिल्ला शहिदभूमी गाउपालिका आँखीसल्ला नेपाल तरुण दलका अध्यक्ष कांग्रेसका यूवा नेता नेपाली कांग्रेस आँखीसल्लाका सदस्य डिल्ली कुमार राईको बुधबार निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना दिएको छ ।
कलेजोमा समस्याका कारण उपचार गराई रहेका राईको निधन भएको परिवारका सदस्यले बतए । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई, सहिदभूमी गाउँपालिकाका प्रमुख मनोज राई,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी,नेपाल शिक्षक संघ धनकुटाका सचिव धन कुमार राई,नेपाली कांग्रेसका प्रदेश सभा क्षेत्रिय समितिका सदस्य कमल कुमारी राई,विष्णु राई, नेपाली कांग्रेस सहिदभूमी गाउँपालिका कार्य समितिका सचिव रुद्र राई,आँखीसल्लाका सभापति तोर्ण खड्का,उपसभापति चन्द्रमान राई,पूर्व सभापति मान वहादुर राई , दवेन्द्र राई लगायत तरुण नेताहरुले स्वर्गीय डिल्ली राईको घरमा गई परिवारजनमा समवेदना दिदै मृत आत्मा प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । आफन्तजन तथा मलामीजनले राईको अन्त्यष्टि गर्नु अघि पार्थिव शरिरमा फुल माला लगाई अन्तिम श्रद्धाञ्जली समेत दिएका थिए ।