राजनीतिसमाचार

राईले धरानमा काम नलाग्ने लौरो लाई जनताले जिताएछौ भनेपछि

समाजवादी धरान निर्वाचन परिचालन कमिटीका संयोजक सुबासचन्द्र राईले धरानमा अहिलेसम्म काम नलाग्ने लौरोलाई नै जिताएको ठोकुवा गरे । घरदैलो कार्यक्रम अन्तर्गत धरान ११ को मंलबारेमा कोणसभा गर्दै संयोजक राईले यस्तो कुरा बताएका हुन। लगातार ३० वर्षसम्म कम्युनिस्टले जित्दै आएको र कम्युनिस्टले लौरो उठाउदा पनि जितिने दाबी गरिरहँदा यस्तै लागेको बताए ।

अहिलेसम्म धरानको बिकासले चरम रुप लिनुपर्नेमा काम नलाग्ने लौरो नै उठाएकोले पछि परेको दाबी गरे। यस अघि धरान भनेर चर्चामा रहेको शहर घुम्न आउने तर बिकासको कुनै लहर नभएको बताए।राईले तीस वर्ष लगातार जित्ने कम्युनिस्टले धरानमा रहेका सरकारी कार्यालय अन्तै पठाएर धरान शून्य बनाउने काम लौरो जिताएको परिणाम भएको आरोप लगाए ।

कम्युनिस्टको पालामा धरानबाट अन्यत्र सारिएका सरकारी कार्यालयहरु
१० कोशी अन्चलको सदरमुकाम धरान थियो ।
२०क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा सारियो ।
३०रास्ट्रीय वाणिज्य बैंकको क्षेत्रीय कार्यालय बिराटनगर सारियो।
४० प्रमाणपत्र तहसम्म अध्ययन हुने मेडिकल कलेज महाराजगन्ज काठमाडौ रातारात सारियो।
५०नाप तौल तथा गुण नियन्त्रण विभागको क्षेतृय कार्याकालय बिराटनगर सारियो।
६०क्षेत्रीय अस्पताल पनि बिराटनगर गाभिय
७०अन्चल अदालत पुनरावेदन अदालत नामाकरन गरि बिराटनगर सारियो।
८०बृटिस घोपा क्याम्प पोखरा सारियो
९०कृषि बिकासको क्षेतृय कार्यालय बिराटनगर सारियो
१००चालक अनुमतिपत्र बितरन कार्यालय इटहरी सारियो
११०फुस्रेमा आर्मिको जनरल बस्ने कार्यालय थियो अहिले खुम्च्याएर बिपद ब्याबस्थापन गर्ने सानी टुकडी मात्र राखियो
१२०मेयर तारा सुब्बाकै कार्यकालमा नेपाल टेलिकमकोलेखा र प्रशासन फाँठ इटहरी सारियो।
भन्दै फेहरिस्त जनता समक्ष राखे ।

कोण सभालाई सम्बोधन गर्दै बैकल्पिक केन्द्रीय सदस्य जेन्टल लावतिले यसअघि भोट माग्न आएका नेकपा भनेका कुरा आज पूरा गरे त भनेर प्रश गरे।उनले फेरि पनि सचेत भएर भोट लगाउन भन्दै बारम्बार धोका नखान आग्रह गर्दै समावादिको चुनाब चिन्ह हातमा भोट दिन आग्रह गरे।

मेयर पदका उम्मेदवार गजेन्द्र इस्बोले आफू गोर्खा पार्कको निर्माणमा जाँदा यहि मंलबारेमा बसेर यहिको स्थानियसंग भलाकुसारी गर्ने गरेको स्मरण गराउदै आगैल्व भनिरहनु भन्दा पनि आफ्नो कामको मुल्यांकन गर्दै यसपटकको उप चुनाबमा हातमा मतदान गरि बिजयी गराउन आग्रह गरे।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button