समाचारहेडलार्इन

नेकपाले धरानका मिडिया हाउसहरु संग छलफल गर्यो

आगमी मंसिर १४ गते हुन लागेको उपनिर्वाचन प्रचार प्रसार लाई तिब्रता दिन सोमबार नेकपाले धरानका मिडिया हाउसहरु संग छलफल गरेको छ । स्थानीय निर्वाचन प्रचार प्रसार के कसरी गर्न सकिन्छ ? मिडिया हाउस र नेकपा बिच के कसरी सहकार्य गरेर अघि जान सकिन्छ ? भन्ने विषयमा नेकपाले एक अन्तरक्रिया कार्यक्रम गरी धरानका मिडिया हाउसविच छलफल गरेको हो ।

सञ्चार गृहहरूको वृतिविकासमा नेकपाको भूमिकाबारे अन्तरक्रिया भएको थियो । प्रचार प्रसार तथा प्रकाशन उपसमितीको संयोजनमा भएको छलफलमा निर्वाचन परिचालन मुल समितिकोका संयोजक रमेश बस्नेतले नेकपाले धरानको मिडिया हाउसको वृद्धि विकासका लागि सहकार्य गर्ने बताए । मिडिया संचालकहरूले पार्टी र मिडिया हाउस विच निरन्तर छलफल आवश्यक भएको बताएका छन् ।

प्रचार उपसमिती संयोजक भीम ज्वाला राईले धरानका मिडिया विकासका लागि नेकपा प्रतिवद्व रहेको बताए । धरानको सम्वृद्धिका लागि गौरवका योजनाहरू भित्राएकाले उपनिर्वाचनमा सहयोगको अपेक्षा रहेको राईले अन्तरक्रिया कार्यक्रममा बताए । धरानका मिडिया हाउस सञ्चालक र विभिन्न मिडियामा आवद्ध संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button