शिक्षासमाचार

अन्तराष्टिय स्तरको तालिम ईन्टरनेश्नल कलेज धरानमा

विगत ४ वर्ष देखि होटल म्यानेजमेन्ट क्षेत्रमा धरान ईन्टरनेश्नल कलेज अफ म्यानेजमेन्टको आयोजनामा एक महिनाका लागि अन्तराष्टिय स्तरको गहन तालिम सन्चालन भईरहेको छ । कलेजले आफना बिद्यार्थीहरुका लागि यहि कार्तिक २० गते बाट अन्तराष्टिय स्तरको होटल म्यानेजमेन्टमा खानाको परिकारहरु बनाउने तालिमको आयोजना गरेको हो ।

तालिममा छैठो ब्याचमा अध्यनरत विधार्थीहरु तथा कर्पोरेट हाउस आबद्ध ब्यबसायीक ब्यतिहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले तालिम पहिलो पटक सन्चालन गरेको कलेजका प्रमुख लोकेन्द्र श्रेष्ठले बताए । तालिमका लागि स्वीजरल्याण्ड बाट आमन्त्रित अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त प्रशिक्षक फ्राङक जेटलले प्रशिक्षण दिएरहेको संचालक श्रेष्ठले जानकारी दिए । तालिम १ महिना सम्म प्रशिक्षक जेटलले दिने श्रेष्ठले बताए ।
६२ बर्षिया जेटलले बिदेशी प्रशिद्ध कम्पनीह?मा प्रशिक्षको रुपमा काम गरी सकेका छन् ।

तालिममा विभिन्न ब्यवसायिक सफलता कसरी हासिल गर्ने, उत्कृष्ट परिकारहरु कसरी बनाउने लगायतका विषय बस्तुमा जेटलले सहजीकरण गरीरहेका छन् । कार्यक्रममा कलेजका होटल म्यानेजमेन्ट तहमा अध्यनरत विधार्थीहरु प्राध्यापकहरु लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत ब्यबसायिक ब्यतिmहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीलाई तालिमको क्रममा तयार पारिएको खानाका परिकाहरु चखाएका थियो ।

तलिममा ३० जना बिद्यार्थीहरुको सहभागिता रहेको कलेजले जनाएको छ । ४ बर्ष अघि विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजले होटल म्यानेजमेन्ट सम्बन्धी बिषय अध्यापन गराउदै आएको छ । विद्याथीहरुको सर्वा्गिंण विकासमा समेत सचेत रही शिक्षाको ब्यवहारिक पाटोलाई ध्यान दिदै विभिन्न विषयमा वर्कशप, गोष्ठी, तालिम, फिल्ड भिजिट, प्रोजेक्ट र्वक, सामाजिक उत्तरदायित्वको काम गर्दै आएको कलेजका प्रमुख श्रेष्ठको भनाई छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button