राजनीतिसमाचार

धनकुटाको राजारानीमा कांग्रेसद्धारा समायोजन समिति गठन

धनकुटा

धनकुटा जिल्लाको चौविसे गाउँपालिका राजारानीमा बुधबार सम्पन्न भएकोले भेलाले नेपाली कांग्रेस चौविसे गाउँपालिकाको पार्टी संगठन समायोजन तथा गठन गरेको छ ।

नेपाली कांग्रेस जिल्लाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा भएको भेलाले कांग्रेसका यूवा नेता बिजु राई(गुणराज) को सभापति र सहसभापतिमा सुरेन्द्र वहादुर चेम्जोंग,आनन्द श्रेष्ठ,मेघ वहादुर थापा,देव नेम्वांग,नवराज राय,धन वहादुर मगर चयन भएका छन् । चौविसेमा ७७ जनाको गाउँपालिका कार्य समिति गठन गरिएको कांग्रेसका जिल्ला सचिव जिय सन्तोषी राईले जानकारी दिए ।

चौविसे गाउपालिका वडा नं. १ को सभापतिमा आनन्द श्रेष्ठ,वडा नं. २ को सभापतिमा धन वहादुर मगर,वडा नं. ३को सभापतिमा गहेन्द्र फागु,वडा नं. ४ को सभापतिमा नगेन्द्र तामांग,वडा नं. ५ को सभापतिमा मेघ वहादुर थापा,वडा नं. ६ को सभापतिमा नगेन्द्र राई,वडा नं. ७ को सभापतिमा सुरेन्द्र वहादुर चेम्जोंग र वडा नं. ८ को सभापतिमा नवराज रायलाई चयन गरेको छ ।

उक्त समायोजन तथा गठन कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,केन्द्रिय प्रतिनिधि लाखमान राई,जिल्ला उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,महासमिति सदस्यहरु तथा वडा नं. ७ का वडाध्यक्ष दुर्गा वहादुर सुवेदी,ललित वहादुर चेम्जोंग,यूवा नेता कमट कुमार फागु,नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाले नेपाली कांग्रेलाई नया ढंगबाट पर्नुगठन गरिएकोले अव कांग्रेसको पक्षमा जनलहर ल्याउने वताउनु भयो । भने कार्यक्रमको संचालन क्षेत्रीय कार्य समितिका सभापति जितेन्द्र राईले गरेका थिए ।

समायोजन कार्यक्रममा नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्यहरु देवेन्द्र श्रेष्ठ,महोन वान्तवा, रमेश इबाहाङ्ग,बखत वहादुर भट्टराई,वडा नं. ४ का वडाध्यक्ष जिवन तामाङ, क्षेत्रिय सदस्यहरु गजेन्द्र खतिवडा,चिन्तामणी पौडेल,नेपाल तरुण दलका वरिष्ठ उपाध्यक्ष धिरज तामाङ लगायतले शुभ कामना तथा गर्दै बधाई दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button