राजनीतिसमाचारहेडलार्इन

उमेदवारले मतदातासंग नाचेरै भोट माग्न थाले

धरानमा नेकपाको उमेद्वारले नाचेरै मतदातासंग भोट माग्न थालेका छन् । नेकपाको तर्फबाट धरान उपमहानगरपालिकामा नगर प्रमुखमा उमेद्वार बनेका राई घरदैलो कार्यक्रममा बिहिबार धरान १४ मा मतदातासंग नाचेरै भोट मागेका हुन् ।

आगमी मंसिर १४ गने हुने उपनिर्वाचनका लागि नगर प्रमुखको उमेद्वार बनेका राई घरदैलो कार्यक्रममा सर्वसाधरण मतदातासंग वडा वडामा पुगेर आफुलाई विजय गराउन भन्दै नाच्दै मत मागीरहेको नेकपा सचिबलयले जनाएको छ ।

उपनिर्वाचनको मिति नजिकिदै गएकाले यति बेला दलहरु तथा तीनका उम्मेद्वारहरु धरान बजारमा बाजागाँजा सहित घरदैलो कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । अहिले धरानमा साना दल देखि ठुला दलहरु आफ्ना कार्यकर्ताहरु संग भोट माग्न मतदाताको घर घरमा पुगीरहेका छन् ।

नेकपाले घरदैलो अभियान कार्यक्रम लिएर मतदाताको घर पुग्दा मत मात्र मागेका छैन आफ्ना रणनीति र योजनाहरु समेत सुनाउने गरेको छ । मत आफू तिर पार्न अहिले उमेद्वारहरु किसानको खेतबारीमा काम गर्ने, वृद्धवृद्धासँग समेत आशिर्वाद लिने, फोटो खिच्ने लगायतका क्रियाकलाप गर्न थालेका छन् ।

यस्तै सिलसिलामा नेकपाका उम्मेद्बार प्रकाश राईले भने छुट्टै उपाए अपनाएका छन । राईले बिहिबारको घरदैलो अभियान कार्यक्रममा धरान वडा नं १४ मा छमछमी नाच्दै जनताहरुसंग भोट मागेका छन । विजयपुर स्थित मण्डप चोकमा मतदाता भेला भएर उमेद्वारलाई स्वागत गरिरहेको समयमा पुगेका उमेद््वार राई मतदातासँगै छमछमी नाँचेका हुन् ।

‘मेयरका उमेद्वार प्रकाश राई हाम्रै घरदैलोमा आएर हामीसँगै नाच्दै भोट माग्नुभएको छ । उहाँ जस्तो सँस्कृति प्रेमी उमेद्वारलाई नगरको प्रमुखमा चुन्न पाउनु हाम्रो लागि राम्रो कुरा हो ’ धरान –१४ का कपिल पोखरेलले भने ।

मतदाताको घरमै पुगेर नगर प्रमुखका प्रत्यासी नेकपाका प्रकाश राईले मत मागिरहेका छन् भने उनले विभिन्न सञ्चार माध्यममा आफनो तथा पाटीको एजेण्डाहरु प्रस्तुत समेत गदै आइरहेका छन् । धरानमा विगत डेढ वर्षदेखि प्रमुख बिहीन रहेकाले पनि यसपटको चुनावमा कम्युनीष्टकै उम्मेद्वारले जित हासिल गर्नुपर्नै स्थानीयहरुको तर्क छ ।

 

 

 

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button