
धरान ११ का सुकुम्बासीहरुले आफुलाई पुर्व एमालेका नेताहरुले झुटा आश्वासन देखाएर झुक्काउने गरेको आरोप लगाएका छन । सर्दु खोला किनारमा रहेको सुनौलो वस्ति, वान डाडा, प्रगती मार्ग ,गौरी टोल लगाएका स्थानियहरुले पुर्व एमालले आफुलाई भोट बैंकको रुपमा प्रयोग गरेको बताए ।
शुक्रबार बेलुका नेपाली कांग्रेसले आयोजना गरेको चुनाबीमा सभामा बोल्दै सुनौलो बस्तीका सुकुम्बासीका नेता अरुण कट्बालले कम्युनिष्टले आफुलाई गरिब , सुकुम्बासीको पाटी भनेर भोट लिने गरे पनि भोट लिए पनि सुकुम्बासीलाई पुर्ण रुपमा बेवास्ता गर्ने गरेको बताए ।
उनले भने २०४५ सालमा भुकम्प पश्चात धरानमा कोठा भाडामा बस्ने परिबारहरुले बिकल्पकालागि बसोबास गरेको सुनौलो बस्ति खालि गर्न तत्कालीन पुर्व एमालेका मेयरले प्रयास गरे तर नेपाली कांग्रेसका नेतृ सुजता कोइरलाको योग्दानबाट बस्ति बसेको हो ।
बस्ति बसे पछि पनि बस्तिको रक्षा गर्न नगरपालीकाको ढोका ढक्ढक्याउदा तत्कालीन मेयर मनोज मेन्याङबोले खोलाको किनारको बस्तिलाई किन बिकास भनेर भन्ने गरेको उनले बताए ।
त्यस्तै स्थानीयबासी समेत रहेका प्राध्यापक चन्द्र सुब्बाले धरानलाई शाशन गर्ने शाशकले धरान भनेको भानुचोक वरपर, नगरपालीका आसपासलाई मात्र लिने गरेको आरोप लगाए । उनले भने भानुचौक देखि छाताचौक सम्म गमला रोप्ने बितिकै धरान समृद्ध भयो भने कम्युनिस्ट नेताको सोच रहेको उनले वताए ।
नगरपालीको कार्यालय पुग्दा भष्ट्राचारको गन्ध आउने भन्दै यसपाली परिवर्तनको पक्षमा मत लगाउन सुब्बाले आब्हान समेत गरे । सो चुनाबि सभामा बोल्दै स्थानियबासी समेत रहेका सुकुम्बासी रोकार समितिका सचिब सुभाब राईले नेकपाले सुकुम्बासीको मत हत्याउन अनेकौ प्रपोगाण्डा गर्ने गरेको बताए । सुकुम्बासी बस्तीमा लालपुर्जा र बुद्धभत्ताको ललिपप देखाएर मत लिने गरेको बताउदै राईले अब सुकुम्बासीहरुले नेकपाको आश्वासबनलाई सर्दु खोलाबाट बगाएर रुखमा मत लगाउने बताए ।
१६ सय ९९ सुकुम्बासी परिवार रहेको सो क्षेत्रमा कम्युनिष्टले जहिले झुक्याउने गरेको बताए । चुनाब नजिकिए पछि काम गरे जसो गर्न यसपाली पनि कम्युनिष्ट सरकारले घर नम्बर बितरण गरिरहेको छ तर यो भोट लिने वाहान भएकाले यस्ता बाहानको पछि नलाग्न पनि राईले आग्रह गरे ।
नेपाली कांग्रेस धरानका नेता अजय राई संयोजकत्बमा सम्पन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडाले कम्युनिस्ट सरकार नाङगिएको बताइन । राष्ट्रपतिको खोक्रो भाषणले सरकारमा कम्युनिस्ट पुगेले यथात जनताले बुझ्ने बितिकै कम्युनिस्ट नेपालबाट बिलय हुने उनले बताइन।