
मात्रिका प्रसाद नेपाल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले बर्तमान केपी ओलीको कम्युनिष्ट सरकारलाई इतिहासकै लुते सरकारको उपमा दिएका छन । खोक्रो राष्ट्रबादबाट जन्मिएको सरकारका भएकाले कम्युनिष्ट सरकार अवैज्ञानीक रहेको समेत उनले आरोप लगाए ।
धरानको भानुचोकमा रहेको प्रजातान्त्रिक चौतारीमा आयोजित नेपाली कांग्रेसको चुनाबी कोण सभामा बोल्दै नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रीय सभापति समेत रहेका घिमिरेले नेपाली भुमि रक्षा गर्न नसक्ने सरकार लुते, काम नलाग्ने, लाछी रहेको बताए ।
नेपाली जमिन भारतले आफ्नो नक्सामा कैदगर्दा पनी चुइक्क नबोल्ने एउटा बिज्ञप्ती र एक फोन समेत गर्न नसक्ने सरकारका प्रधानमन्त्री केपि शर्मा ओली शारीरीक र मानसिक रुपमा रोगी भएकाले नेपाल र नेपालीकालागि केहि गर्न नसक्ने बताए ।
उनले भने हाम्रा माहान मानव बिपि कोइराला, गणेशमान सिंह , गिरिजाप्रसाद कोइराला , शुशिल कोइराला जस्ता नेताले नेपाल र नेपालीको शिर उच्चो बनाउन अहम् भुमिका खेलेको तर कम्युनिस्ट नेताहरुले बालुवाटार बेच्ने, यौन हिंसा गर्ने , देशको सिमा मिचिदा केही गर्न नसक्ने सरकार लाछि रहेको आरोप लगाए ।
नेपाली कांगे्रसका प्रखर बक्ता समेत रहेका घिमिरेले धराने जनतालाई अहिले लोकतन्त्र , गणतन्त्र र प्रजातन्त्र महशुस गर्न नसकेकोले अब यो उपनिर्वाचनबाट कांग्रेसलाई बिजय गराएर धरानबाट कम्युनिष्ट नेताको नामबाट राजनिति गर्न दलालहरु कुलेलाम ढोक्ने बताए ।
कम्युनिष्ट नेताहरु आफुहरुलाई गरिब, मजदुर र सुकुम्बासीको नेता भन्ने गरेको तर नेपालको धनि मानिसको सुचिमा उनिहरु नै रहेको बताएका थिए । धराने जनताले अब धरानलाइ न्याय दिनकालागि कांग्रेसका तिलक राईलाई भोट दिई जिताउन आवश्यक रहेको बताए ।
उनले भने ‘धरानमा कम्युनिष्टको नितिले जनता ठगिएको छ अब कम्युनिष्ट नाङ्गो भइसकेको छ’ । कम्युनिस्ट सरकारले जिते कर , महंगी , भष्ट्राचार उपहार दिएको भन्दै घिमिरेले जनतालाई मालिक कांग्रेसले बनाउने बताए ।
धरानका नेता बिकास आचार्यको संयोजकत्वमा भएको कोण सभामा नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडा र धरान २ का सभापती सुबिरसिंह लिम्बूले ‘अब धरानमा फेरी नेकपाले जिते कर घटाउने रे कर बढाउदा बुद्धि मा बिर्को लागेको थियो ’ ? भन्दै प्रश्न गरेका थिए ।