
निमा पो.
उम्मेदवार गजेन्द्र इस्बोले धरान १५ त्रीबेणी चोकमा कोणसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै उक्त कुरा बताएका हुन।तत्कालीन अवस्था गोर्खा भुपुले सैनिक भवनमा धरानको खानेपानीको लागि भनेर सुझाब बैठक बसेको स्मरण गरे।सो बैठकले बर्तमन भमिगत पानीको बिकल्प सप्तकोशिको पानी ल्याउनुपर्ने सुझाब दिएको बताए।भुमिगत पानी नै ल्याउने भए नाडाबाट पचास फिट जमिन खन्दा दिगो पानी हुने सुझाब दिएको बताए।
तर यसरी सुझाब दिइँदा पनि बेवास्ता गर्दै पार्टीको सेटिङमा लागेर अहिले अलपत्र पारेको आरोप लगाए।सप्तकोशिको पानी ल्याउदा हालको बजेटले धरानमा खानेपानीयाएर पनि सेउती सर्दुमा तटबन्धको लागि पुग्ने बिज्ञसंगको परामर्शले देखाएको बताए।तत्कालिन एमालेको सेटिङ कै कारण चारकोसे जंगलबाट पानी निकाल्ने भएपछि अहिले काम नलाग्ने अवस्थामा पुगेको बताए ।सर्वसाधारणको सुझाबलाई नमान्दा खानेपानी समस्या जस्ताको तेस्तै रहेको बताए । धरान १४ बुद्धिजिबिले समेत अब नेकपाको ३० वर्ष शासनबाट मुक्त हुन चाहेकोले अब धरानमा कम्युनिस्ट हराउनुको बिकल्प नभएको आफुलाई आश्वस्त बनाएको बताए ।
पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै हरि राईले तृबेणी चोकमा आएर लाज नलागी यहाँको सडक निर्माण गरेको भन्दा आफुलाई सह्य नभएको बताए। आज आफुले बोल्नैपर्ने बनाएको बताए।त्यहाँको सडक ड्रेन बनाउनको लागि उपभोक्ताहरुले नब्बे प्रतिशत बजेट उठाएर बनाएको बताए।त्यहाँ बजेट परेका बताउदै एमालेले त्यो बजेट कहाँबाट ल्याए त लिपु लेक बेचेर ल्याएको हो भनेर प्रश्न गरे।जनताले उठाएको करले आएको हो भन्दै त्रीबेणि बस्तिका जनतामा भ्रम छरेर गएको बताए।घर नम्बरको कुरा गरेको भन्दै त्यो यहाँका जनताको दवाबले ल्याएको बताए।आफ्नो बाउआमाको शोकमा बसेको बेला केही ब्यक्ती अगाडि बढेर घर नम्बर टास्ने काम गरेको भन्दै बाउआमाको शोक पनि मान्न नदिने कस्तो साथिहरु हो भनेर आक्रोश पोखे।अब आफू सक्रिय रुपमा समाजवादिमा लागेर धरान १५ सहित नगरको बिकासको लागि निरन्तर लागिपर्ने बताए।उनले समाजवादिका उम्मेदवार गजेन्द्र इस्बोलाई हातमा छाप लगाई बिजय गराउन टोलबासिलाई आग्रह गरे।
याम्फु स्वायत्त क्षेत्रका अभियन्ता नन्दा याम्फुले धरानमा ऐतिहासिक दरबारमा ट्याङ्की बनाउन हुन्न भन्दा तत्कालिन मेयर तारा सुब्बाले लाठी बर्षाएको भन्दै उहाको देहावसान भएको छ तर पनि ट्याङ्की बनाउन नहुने भन्नेमा भने जित भएको बताए। सडक बाटो बनाउदैमा बिकास नहुने भन्दै भाषा संस्कार समेतको बिकास हुनुपर्ने भएकोले नै आफु पनि यस पार्टीमा लागेको स्पष्ट पारे।अबको निकास समाजवडिले मात्र गरिने भन्दै उम्मेदवार गजेन्द्र इस्बोलाई हान चिन्हमा भोट दिन आग्रह गरे।कोणसभा अघि बगरकोटमा प्रचारप्रसार संपर्क कार्यालय उद्घाटन र उम्मेदवारलाई फुलमालाले स्वागत गरेका थिए।
२५ जना पार्टी प्रवेश
नेकपा र काङ्ग्रेसमा आस्था राख्ने जम्मा २५ जना समाजवादीमा प्रवेश गरेका छन। नब प्रवेश गर्नेहरूलाई उम्मेदवार गजेन्द्र,केन्द्रिय सदस्य भिम राईले फुलमाला अबिरले स्वागत गरि पार्टी प्रवेश गराए। विश्वहाङ राई,गणेश बिश्वकर्मा,दिपक बिश्वकर्मा,भिमबहादुर राई,खड्गबहादुर सार्की,रामकुमार गजमेर, ॐ सुवेदी,भक्तबहादुर लिम्बू,चन्द्रबहादुर राई,गौतम लिम्बू,रामबहादुर पर्वलामिछाने,लाक्पा शेर्पा,राजन बिश्वकर्मा,अनिल परियार,बिन्द्रमान राई,लेखनाथ बराईली,इन्द्र मगर,रेनुका तामाङ,चित्रकला लिम्बू,राजन मुदेल,बिमला लिम्बू,भिम तामाङ,अर्जुन बराईली,सिहबहादुर लिम्बी,कमला बिश्वकर्मा,