राजनीतिसमाचार

कांग्रेस झुट बोल्ने पाटी हैन

धरान ः नेपाली कांग्रेस सुनसरीका क्षेत्रिय तहका नेताह?ले कांग्रेस झुट बोल्ने पाटी नरहेको दाबि गरेका छन । नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईको चुनाबी सभामा नेताह?ले सो कुरा बताएका हुन ।

धरान १६ को समिचौकमा आयोजना भएको चुनाबी सभामा बोल्दै सुनसरी क्षेत्र नं १ का सचिव मुरारी भट्टराईले केन्द्र देखि धरान सम्मकाकम्युनिष्टका नेताह? झुट बोलेर जनता झुक्याउन माहिर भएको आरोप लगाए । २८ बर्षदेखि धरानलाई एकलौटी शाशन गरेका कम्युनिष्टका बि?द्धमा यसपालीको निर्वाचनमा परिवर्तनको पक्षमा नेपाली कांग्रेसका उमेदवार तिलक राईलाइ बिजय गराई धरानलाई समृद्ध बनाउन इटा स्व?प एक एक भोट दिनु पर्ने बताए ।

उनले भने ”धरान उपमहानगर पालीका कार्यालय अहिले कम्युनिष्ट नेताको आसेपासेलाई जागिर खाने ठाउ भएको छ“ । गरिब, सुकुम्बासी , सोझा धराने जनतालाई कम्युष्टिह?ले झुक्याएको बताए । त्यस्तै अर्का क्षेत्रिय सचिब रमेश काफ्लेले धरानको बिकासमा नेपाली कांग्रेसको महत्वपूर्ण भुमिका रहेको बताए । ००७ साल क्रान्ति , ०३६, ०४६ सालको आन्दोलन , ०६२÷०६३ सालको जनआन्दोलनमा कांग्रेसको नेत्रित्व र संविधान नेपाली कांगेसको सहभागिता र नेत्रित्बमा जनताको मुक्तिकालागि काम गरेको धराने जनताले बुझ्नु पर्ने बताए ।

धरानकालागि कांग्रेसले बिपि प्रतिष्ठान , बिद्यालय, क्यापस जस्ता क्षेत्रह? उपहार दिएकोले त्यो उपहारले धरानलाई समृद्धी दिएकाले अब कांग्रेसलाई भोट दिएर त्यो गुणतिर्नु पर्ने बेला आएको उनले बताए । वडा नं १६ का सचिब घिमिरेको संयोजकत्वमा भएको सभामा नेपाली कांग्रेसकाबाट बिजयी लाँलिगुरास नगरपालिका मेयर अर्जुन माबुहाङले देशभर कम्युनिष्ट सरकारले कर बढाएर जनतालाई दुःख दिएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button