
नेपाल शेर्पा संघ सुनसरीमा प्रमोद गर्जा शेर्पा अध्यक्षमा सर्वसम्मतिले चयन गरिएको छ।धरानमा शनिबार सम्पन्न भएको छैटौं जिल्ला अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । बिधान अनुसार ६ जना पछि मनोनित गरिने संघले जनाएको छ ।
समितका उपाध्यक्ष ओङ्छी सलका शेर्पा , सचीव तेञ्जिङ गर्जा शेर्पा , सह(सचीव दासाङ गोपर्मा शेर्पा , कोषाध्यक्ष ङाजुङमा शेर्पा र सहकोषाध्यक्ष फुर्दिकी शेर्पा रहेका छन । सदस्यहरु मिडे गर्जा शेर्पा , फुर्दिकी खम्बाचे शेर्पा , फुदोर्ची लामा , पासाङ सुर्वा शेर्पा , नुर्बु पिनासा शेर्पा निम्छिरि गोले शेर्पा , निमा च्यावा शेर्पा , दावा गर्जा शेर्पा , मिङमा हलुण्डा शेर्पा , मञ्जु शुर्वा शेर्पा र पदेन सदस्य गेल्बु च्यावा शेर्पा रहेका छन ।
शनिबार नै शेर्पा पुमपेजी चिछोग९ नेपाल शेर्पा महिला संघ ० को तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले अध्यक्षमा कल्पना टाक्तोक शेर्पालाई सर्वसम्मत रुपमा चयन गरिएको छ । शेर्पा महिलाको उपाध्यक्ष जिना खम्बाचे शेर्पा ,सचिब लाक्पादिकी गर्जा शेर्पा , सहसचिव अनिता शेर्पा , कोषाध्यक्ष मिनिका च्यावा शेर्पा र सदस्यहरु डोल्मा सुर्वा शेर्पा , माया शेर्पा निङमा शेर्पा ,पेमलमु शेर्पा , मिङमा खाङ्डु शेर्पा र पदेन सदस्य ङाजुङमा शेर्पा रहेका छन ।
संपुर्ण शेर्पाहरुको चाहाना अधिकार र पहिचान सहितको शेर्पालुङको स्थापना भन्ने नाराका साथ सम्पन्न भएको हो। जिल्ला अधिबेशन नेपाल शेर्पा संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष डा। लाक्पा शेर्पाको प्रमुख अतिथ्यमा सम्पन्न भएका थिए।प्रमुख अतिथी शेर्पाले भाषा संस्कृति इतिहासको रक्षाको लागि सामुदायिक एकता र संस्थागत कृयाशिलतामा जोड दिदै राज्य पुनर्संरचना अन्तरगत सामुदायिक कलस्टर मिलाउन पुनः सिमांकन गर्नुपर्ने धारणा राखे।उनले हालको सात प्रदेशको संरचाना परिवर्तन गर्न आवस्यक रहेको भन्दै तत्कालिन राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार पहिचान सहितको शेर्पालुङ सहितको १०ं१ को राज्य संरचना निर्माण गरन अत्यावश्यक भएको ठहर गर्दै संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
राज्यको चरित्र हाल पनि एकल नश्लकै प्रभुत्व रहेको भन्दै नेपाली समाजको बनोट अनुसार जातिय जनसंख्याको आधारमा पुर्ण समानुपातिक एबं समाबेशी हुनुपर्ने कुरामा जोड दिए।उनले शेर्पा संघको पनि बिधान संशोधन गरि संघ प्रदेश हुँदै वडा तहसम्म संस्थागत संरचना बिस्तार गरि समुदायलाई संगठैत गर्ने काम भैरहेको जानकारी दिए।साथै शेर्पा संघको छैटौं राष्ट्रिय महाधिवेशन यहि पौष ४ र ५ गते काठमाडौमा हुने भएकाले सबै जिल्लामा संघको अधिबेशन तिब्र गतिमा भैरहेको जानकारी गराए ।
त्यसैगरी शेर्पा महिला संघका तर्फबाट प्रमुख अतिथिको रुपमा प्रथम पर्वतारोही एबं शेर्पा महिला संघका केन्द्रिय अध्यक्ष ङिमी शेर्पा रहेका थिए।प्रमुख अतिथी ङिमी शेर्पाले शेर्पा महिलाहरुलाई एक जुट हुन आग्रह गर्दै अफ्नो चेतना बिस्तार सहित महिला अधिकार प्राप्तिको दिशामा लाग्न आह्वान गरिन । अधिबेशनमा विशेष अतिथी नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषदका अध्यक्ष रामकुमार राई रहेका थिए भने अतिथिहरुमा महासंघ आवद्ध जातिय संस्थाका प्रतिनिधिहरु रहेका थिए।अधिबेशन नेपाल शेर्पा संघ सुनसरी अध्यक्ष गेल्बु शेर्पा र महिलाको अध्यक्ष ङाजुङ्मा शेर्पाको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो।