समाचारसमाज

लागुऔषध सहित धरानबाट ३ जना पक्राऊ

सुनसरीको धरानमा स्थानीय तह निर्वाचनको मिति नजिकिएसंगै नेपाल प्रहरीद्धारा सुरक्षा कडा पारिएको छ भने धरानका बिभिन्न चेकपोईन्टमा चेकजाचको क्रममलाई निरनतरता दिएको छ ।

सोही चेकजाचको क्रममा बुधबार धरानको विभिन्न स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेह?मा धरान १५ बस्ने १९ वर्षका अनिल थापा, धरान १७ मा कोठा भाडामा लिई बस्ने २० वर्षका सन्तोष बिशंखे र मोरङको कानेपोखरी गाउपालिका ६ बस्ने ३५ वर्षका कविराज दाहाल रहेका छन् ।

थापा र दाहाललाई इलाका प्रहरी कार्यालय धरानको धरान ८ तिनकुनेमा रहेको चेकपोष्टमा यात्रुवाहक बसको चेकजाच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनिह?को साथबाट १०० ग्राम र क्उबकmष्म लेखिएको ७७० क्याप्सुल र १०० ग्राम र त्चभभमय(िछण् लेखिएको ७४० ट्याब्लेट बरामत गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

त्यस्तै, पक्राउ परेका मध्ये सन्तोष बिशंखेलाई लागुऔषध संचय गरी कारोबार गरेको सुचनाको आधारमा बुधबार उनकै कोठाबाट पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय धरानका डि एस पी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । पक्राऊ परेका बिशंखेको साथबाट एभिल, लुपिजेसिक र डाइजेलाब गरी कुल ९२७ एप्पुल लागुऔषध फेला परेको हो । पक्राउ परेका तिनैजना माथी लागुऔषध मुद्धामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button