रोजगारसमाचार

शिपले मानिसलाई आत्म निर्भर बनाउँछ

धनकुटा

शिप बिनाको मानिस अपुरो र अधुरो हुने आज धनकुटामा धनकुटा लेडि जेसिज प्रस्तावितको आयोजना र प्रमिशाज क्रियशन धनकुटाको सहयोगमा संचालन गरिएको ढोर म्याड र गलैचा बुनाई तालिमको समान कार्यक्रममा सहभागीहरुले बताए ।

उक्त कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले शिप बिनाको मानिसको जिवन अपुरो र अधुरो हुने वताउदै शिपले मानसिलाई आत्मनिर्भर बनाउने वताउनु भयो । सहभागीहरुलाई प्रमाण पत्र महासंघका अध्यक्ष विजय सन्तोषी राई,धनकुटा लेडि जेसिज प्रस्तावितका संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ थापाले वितरण गरेका थिए ।

धनकुटा लेडि जेसिज प्रस्तावितका अध्यक्ष प्रिमिशा श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रबिना श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन महासचिव सावित्रा वान्तवा राईले गरेकी थिइन । खेर गएका कपडाहरुलाई प्रयोग गरेर ढोर म्याड तथा गलैचा बुनाई तालिममा १५ जना धनकुटाका महिलाहरुले भाग लिनु भएको धनकुटा लेडि जेसिज प्रस्तावितका उपाध्यक्ष व्रिशिका श्रेष्ठले बताए ।

धनकुटा लेडि जेसिज प्रस्तावितले धनकुटामा विभिन्न सामाजिक कार्यहरु जनचेता मुलुक र रचनात्मक कार्यक्रमहरु समेत संचालन गरिरहेको जेसी विपना श्रेष्ठले बताईन् । सो अवसरमा छहारी महिला समुहका उपाध्यक्ष कुुसुम जोशी श्रेष्ठ,कोषाध्यक्ष लिजा श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button