समाचारहेडलार्इन

धरानबाट विप्लवको चन्दाको पर्चासहित ८ जना पक्राऊ

धरान उपमहानगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष नरेश इवारमको नाम जोडेर उनको घरबाट हतियार सहित ८ जना पक्राउ गरेको भन्ने समाचार प्रति वडा अध्यक्षले गम्भीर आपति जनाएका छन ।

आफु चुनावी प्रचार सकेर धरान–८ स्थित निवासमा सुतिरहेका बेला आफु पक्राउ गरेको भन्ने गलत प्रचार भएको उनले बताए । यता इलाका प्रहरी कार्यालय धरानका डिएसपीको हवाला दिएर गरिएको प्रचार गलत भएको डिएसपी ढुण्डीराज न्यौपानेले बताएका छन ।

उनले फोन सम्पर्कमा भने–‘यो लगत अफवाह हो । वडा अध्यक्षको पुरानो घरमा बस्ने ३ जना सहित ८ जना युवाहरुलाई पक्राउ गरिएको हो । वडाअध्यक्षको नाम जोडेर प्रचार गर्नु गलत हो ।’ हतियार र विस्फोटक पदार्थ नभेटिएको उनल ेबताए । उनका अनुसार साँझ ८ जनालाई धरान १५ निराजन बस्तीबाट नियनत्रणमा लिएको थियो । पक्राउ परेको दुई व्यक्ति चाही वडा अध्यक्षको पुरानो घरमा बसने गरेको भन्ने कुरा आएको छ ।

निरञ्जन वस्तीबाट विप्लप समुहका चन्दाको पर्चा र नगद १ लाख सहित ८ युवालाई नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले जानकारी दिए । ‘उहाँको पुरानो घर भाडामा लगाएको घर रहेछ । उहाँको घरमा बस्ने दिपेश राईसहित पक्राउ परेका हुन । अनुसन्धान भइरहेको छ । वडाअध्यक्षलाई मुछेर प्रहरीको हवाला दिएर गरिएको प्रचार गलत भएको उनले बताए । नेकपाको पक्षमा माहौल बन्दै गए पछि अतालिएर प्रतिपक्षहरुले गलत समाचार लेखाएको नेकपाका जिल्ला सदस्य तथा वडा अध्यक्ष नरेश इवारामको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button