समाचारसमाज

धरानको जंगलमा झुण्डिएको अवस्थामा एक पुरुष


सुनसरीको धरान पानबारी सेउती पुल नजिकै जंगलमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन । विहान १० साढे वन गोठाले जंगलमा एक्कासी भुण्डिएको अवस्थामा ती पुरुषलाई फेला पारेका थिए । धरान पानबारीको तल्लो सेउतीको पुल पुर्व तर्फको जंगलमा मृत अवस्थामा फेला परेका हुन । वन हेरालुले तत्कालै प्रहरीलाई खवर गरेर घट्ना बारे जानकारी गराएका थिए ।

प्रहरीका अनुसार घट्ना आसपासमा पासवर्डको फोटोकपी च्यातिएको अवस्था फेला परेको छ । सो पासवर्डमा नर बहादुर गुरुङ ठेगना संखुवासभा लेखिएको छ भने घट्ना स्थलदेखि दक्षिणी क्षेत्रमा जिन्सको ज्याकेट,खुकुरी चुरोट, सामसुङ मोवाइल छरिएको अवस्था रहेको छ । मृत व्यतिm असारेको बोटमा जुताको तुनाले घाँटीमा झण्डिएको अवस्था थिए । ।घट्ना स्थालमा पानबारी चौकी प्रहरी , इलाका प्रहरी कार्यालय धरानको प्रहरी पुगेर मुचल्का उठाएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button