
मंसिर (१४ गते हुने धरान उपमहानगरपालिका उपनिर्वाचनकालागि मेयर पदको उम्मेदवार तिलक राईले बिजयी भए पछि नगरपालीकाबाट कुनै सेवा र सुबिधा नलिने समेत घोषणा गरे । आफ्नो छोरा छोरी र परिबारलाई दैनिक जिबिकोर्पाजन गर्न आफ्नो सम्पती र सावारी साधन समेत रहेकाले कुनै सेवा र सुबिधा नलिने उनले सार्बजानिक घोषणा गरेका हुन ।
धरानको भानु चौकमा मङलवार आयोजित चुनाबी सभामा बोल्दै सो घोषणा उनले १० हजार भन्दा बढि धराने जनतालाई साक्षी राखेर घोषणा गरेका हुन । उनले २८ बर्ष देखि नगरपालिकामा भएको नितिगत भष्टा«चार बाहिर ल्याउने उद्घोष गर्दै उनले भने २८ बर्ष सम्म नेकपाले गरेको काम निर्वाचनको मुखमा धराने जनताले पत्रपत्रिकाबाट हेरेर थाहा पाउदैछन, धराने जनताले मागेको खानेपानी, बसपार्क , सडकहरु भटाभटा पत्रिकामा आएको भन्दै कम्युनिष्टले २८ बर्षमा धरानलाई प्रयोगशाला बनाएको आरोप लगाए ।
उनले धराने जनतालाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै धरान बिकासकालागि तपाईहरुको सारथि बन्न मौका दिन उनले आग्रह समेत गरे । कम्युनिष्टले बढाएको कर घटाउने एजेण्डा सहित भष्ट्राचारको अन्त्य र धरानको बिकासमा काम गर्ने योजनामा साथ दिन आम धराने जनतालाई रुखमा मत हालेर बिजयी गराउन आग्रह समेत गरे ।