राजनीतिसमाचार

पाटीका उपाध्यक्ष उमेश थापाले धरानमा समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्बो लाई परिचित गराउनु नपर्ने बताए

उपाध्यक्ष उमेश थापाले धरानमा चुनाबी प्रचारको कोणसभामा समाजवादी उम्मेदवार गजेन्द्र इस्बोबारे बताएका हुन।उपाध्यक्ष थापाले बरु गजेन्द्र इस्बो र समाजवादिको चुनाब चिन्ह हात भने धरानेलाई चिनाउनु आवस्यक रहेको बताए।बिगत २७ वर्षदेखि समाजसेवामा लागेका ब्यक्ति गोर्खा पार्कमा उहाको पसिना बगाईसकेको बताए।त्यसैगरी घन्टाघर र गोर्खा कम्प्लेक्स लगायतको निर्माणमा पसिना बगाईसकेकोले चिरपरिचित नै रहेको बताए ।

उपाध्यक्ष थापाले पहिचानको आन्दोलन समृद्धिको अभियान बैकल्पिक भुराजनितिक संगठनात्मक सिधाान्त बोकेको पार्टी भएको दाबी गरे।थापाले पुरानो पार्टी जस्को संगठन भित्र नै भ्रष्टाचारको बीउ रोपेको आरोप लगाए।तिनीहरुले पटकपटक जितेर जाँदा जनताको पक्षमा भन्दा आफ्ना नातागोताको पक्षमा काम गरेको बताए ।

नेपालको राजनितीक संरचना नेपालको राज्यसत्ता नेपाली जनताको कुशाली बिना परिवर्तन संभव नभएको दाबी गरे। जस्को लागि समाजवादी पार्टी नै एकमात्र क्रान्तिकारी र अग्रगामी बिचार बोकेको पार्टी भएको दाबी गरे। स्वदेशमै श्रम र रोजगार सिर्जना गर्न नसकेको बताउदै कुनै बेला नेपाल जस्तै गरिब भएको मलेसियामा जानुपरेको दुखेसो पोखे।उपाध्यक्ष थापाले मुग्लान बदलिए तर मुग्लान जाने क्रम नरोकिएको बताए।नेपाल बिबिधताले भरिएको देश भएको भन्दै लोकतन्त्र आएपनी बिबिधतालाई छुन नसकेको बताए।लोकतन्त्र हुन्डिमुन्डी भएको भन्दै समानुपातिक समाबेशी सहितको सहभागिता भएको लोकतन्त्र अवको लोकतन्त्र हुने बताए।

१ नम्बर प्रदेश उपाध्यक्ष घनश्याम कटुवालले नेपालमा वर्गीय समस्या मात्र नभएर जातिय समस्या भएकोले समान हक अधिकार जबसम्म हुदैन तबसम्म देश बन्न नसक्ने बताए। धरानको हकमा गजेन्द्र इस्बो सहित भुपु सैनिकको योगदान भएकोले थप बिकास गर्नको लागि मेयरका उम्मेदवार गजेन्द्र इस्बोलाई हात छापमा मतदान गर्न आह्वान गरे। समाजवादी पार्टी पहिचानको आन्दोलन समृद्धिको अभियान बैकल्पिक भुराजनिती संगठनात्मक बोकेको पार्टी भएको बताए । थापाले पुरानो पार्टीको जस्को संगठन भित्र नै भ्रष्टाचारको बीउ रोपिसकेको हुने आरोप लगाए।तिनीहरुले पटकपटक जितेर जाँदा जनताको पक्षमा भन्दा आफ्नो नातागोताको पक्षमा काम गर्ने गरेको आरोप लगाए ।

नेपालको राजनीतिक संरचना राज्यसत्ता नेपाली जनताको कुशाली बिना परिवर्तन संभब नभएको दाबी गरे।जसको लागि समाजवादी पार्टी मात्र क्रान्तिकारी र अग्रगामी बिचार बोकेको पार्टी भएको दाबी गरे । किरात राष्ट्रिय समिति मुख्य सचिब गणेश राई राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदनको आधारमा १०ं१ को अवधारणामा समाजवादी पार्टी रहेको किरात प्रदेश सहित १०ं१ अनुसार अगाडि जाने बताए। पन्चायतकालदेखि नै लडेर आएको तर आजसम्म आईपुग्दा केही पनि उपलब्धि नभएको बताए । तेतिबेला प इ उद्योग कलकारखाना राष्ट्रियकरण गर्ने भनियो।तर कति राष्ट्रियकरण गरियो त त्यसको लेखाजोखा नभएको बताए ।जग्गा नभएकालाई जघा दिने भनियो अहिलेसम्म कति जग्गा कहाँ कहाँ बाडियो भनेर प्रश्न गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button