राजनीतिसमाचारहेडलार्इन

धरानमा कांगे्रसले नगर प्रमुखको पद सम्माल्दै, मेयर पदमा तिलक राईले जितेपछि ऐतिहासिक विजय जुलुस

२८ वर्ष पछि धरानमा कांग्रेसले नगर प्रमुखको पद हासिल गरे संगै पाएसंगै ऐतिहासिक विजय जुलुस निकालिएको छ । मेयर पदका उम्मेद्वार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले जितेपछि विजयी बनेका मेयर पदका उम्मेद्वार तिलक राईले जितेपछि विजय जुलुस निस्किएको हो ।

विजय जुलुस मतगणना स्थल पुष्पलाल मार्ग, सदन स्कुल, शान्तिपथ, माछाभौडी, पब्लिक हाइस्कुल, पब्लिक स्कुलबाट लक्ष्मीसडक, पुरानो बजार हुँदै नयाँ बजार, भानुचोक हुँदै मेयर तिलक राईको घरस्थित बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । लालकिल्ला तोडियो लगायतका नारा लगाउँदै नेता कार्यकर्ताको सयौं भीडको बीचमा मेयर पदमा जितेका राई हिँडेका थिए ।

२०७४ सालमा भएको चुनावमा स्व। मेयर तारा सुब्बासँग करिब चार हजार मतान्तरले हारेका तिलक राईको विजय जुलुस र जीत ऐतिहासिक बनेको छ ।

तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका थिए भने प्रतिद्धन्दी प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका थिए । जीतसँगै नेपाली काङ्ग्रेसले बहुदल आएको २८ वर्षमा पहिलोपटक धरान उपमहानगरको नेतृत्व पाएको छ । धरानलाई २८ वर्षसम्म लालकिल्लाको उपमा दिएको भएपनि यस पटक कांग्रेसले नेतुत्व गर्ने अवसर प्राप्त गरेको छ ।

२०४८ सालमा एमालेबाट अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट चुनाव लडेका थिए । धरानमा दुई वर्षअघिको स्थानीय चुनावमा कांग्रेसले २० मध्ये ५ वडा मात्र जितेको थियो । कांग्रेसले १४, ५, २, १ र १८ वडामा जितेको थियो । पूर्वमाओवादीले १७ नम्बर वडामा जित हात पारेको थियो भने बाँकी १४ वटा वडा सबै पूर्व एमालेले जितेको थियो । अहिलेको मेयरको मत परिणाम हेर्दा कांग्रेसले १, २, ३, ८, ९, १०, ११, १२, १३, १४, १६, १८, १९ वडामा जित हात पारेको नेताहरु बताउँछन ।

चारतारे झण्डा गाडेर इतिहास रचेको कांग्रेसले मतदाताको मन जितेर नै मत खोस्न सफल बनेको हो । २०४८ मा मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ, २०५६ को निर्वाचनमा कुन्ता शर्मा, २०६४ मा किरण राई, २०७४ जयकुमार राई निर्वाचित भइसकेका छन । २०५४ मा भएको स्थानीय निर्वाचनमा मनोजकुमार मेन्याङ्बो, २०७४ तारा सुब्बा धरानको मेयर बनेका थिए ।

यस पटकको उपनिर्वाचनमा पनि नेकपाले नै चुनाव जित्ने आंकलन सबैले गरेका थिए । यसअघि एमाले एक्लैले मेयरको चुनाव जितेको धरान नगरमा माओवादी समेत मिसिँदा मत आएन भन्ने गुनासो नेकपा वृत्तमा अहिले चियागफ बन्न थालेको छ ।

सामाजिक सञ्जालमा अहिले नेकपाकै नेता कार्यकर्ताले हार्ने कारण प्रष्ट्याउँदै आएका छन । कतिपयले नेकपाकै जनप्रतिनिधिले प्रभावकारी काम गर्न नसकेका कारण जिल्ला र केन्द्रीय नेतृत्व कमजोर, कार्यकर्ता परिचालनमा नमिलाईएको, करमा कर कर, सुकुम्बासी समस्यामा बेवास्ता, आफैभित्र गुटबन्दी पराजयको कारण भएको नेकपा भित्र हल्ला चल्न थालेको छ ।

नेकपाका एक नेता भन्छन, ‘स्व। मेयर सुब्बा रहेको भए केही हुन्थ्यो तर उहाँ बितेपछि धरान लथालिङग बन्यो ।’ उनी थप्छन, ‘एमाले र माओवादी केन्द्र मिलेजस्तो गरेपनि भित्री मन मिल्न नसकेको यो उपनिर्वाचनले देखायो ।’

वडा नं. ७ मा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन । नेकपा उम्मेद्वार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका थिए । कांग्रेसले परिणाम अस्वीकार गर्दै सुरूमा पुनः मतगणनाको माग गरेको थियो ।

तर, पुनः मतगणना भएन र निर्वाचन अधिकृतले सुवेदीलाई नै विजयीको प्रमाणपत्र दिएका हुन । तरुण दलदेखि राजनीतिमा प्रवेश गरेका उनी २०५७ सालमा तरुण दलका अध्यक्ष बनेका थिए । कांग्रेसको नगर सचिव हुँदै २०७२ मा नगर सभापति बनेका थिए । यातायात व्यवसायी उनी जातीय संस्था किरायाको केन्द्रीय अध्यक्ष समेत बनेका थिए ।

 

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button