समाचारसमाज

आफ्नै दाई लाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा श्रेष्ठ पक्राउ

आफ्नै दाई नाता पर्ने लाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा श्रेष्ठ पक्राउ परेका छन । पाख्रीवास नगरपालिका –५ मासेडडुवा बस्ने भोजपुर श्यामसिला स्थायी घर भएका २६ वर्षीय सुजन श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले आफ्नै दाइ नाता पर्ने ४८ वर्षीय खड्ग बहादुर बयलकोटीलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए । कुखुरी प्रहार गरी घाइते भएको भन्ने खबर प्राप्त भए लगतै साथ ईलाका प्रहरी कार्यालय पाख्रीवासबाट खटिएको प्रहरीले श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको बताईएको छ ।

घाइते बयलकोटीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घट्ना के कारणले भएको थियो भन्ने विषयमा प्रहरी अनुसन्धान गरीरहेको बताईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button