
काठमाण्डौं
१३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत मंगलबार सन्तोषी श्रेष्ठले इतिहास रहेकी छन्। । उनले महिलातर्फ १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी हुन्। । सन्तोषीले उनले ३५ मिनेट ७.९५ सेकेन्डमा १० हजार मिटर दौड पूरा गर्दै स्वर्ण पदक जितेकी हुन ।
यो प्रतिस्पर्धामा भारतकी पविता यादाले रजत र श्रीलंकाकी निलाथीले कास्य पदक जितेका छन्। । यो जितसँगै एथ्लेटिक्समा नेपालका लागि स्वर्ण जित्ने पहिलो महिला खेलाडी सन्तोषी बनेकी छन्। । यस अघि महिला खेलाडीले एथ्लेटिक्समा स्वर्ण जित्न सकेका थिएनन्। यो सँगै नेपालको स्वर्णको संख्या १९ पुगेको छ ।