
ढाड वा गर्दन एक्कासी सहनै नसक्ने गरि एकैपटक दुख्छ । कसैलाई अलिअलि मात्रै दुख्छ भने कसैलाई सहनै नसक्ने गरी दुख्छ । यस्तो समस्या लिएर दैनिक बिरमी अस्पताल जाने गर्छन् । यो समस्या विशेष गरेर बृद्धाबृद्धमा धेरै हुने भएपनि मध्य उमेरको मानिसलाई पनि हुने गरेको छ ।
कारण
- धेरै बेर एकै ठाउँमा बसेर जुरुक्क उठ्दा
– शरीरमा पानीको कमी हुँदा
– गह्रुंगो बस्तु उचाल्दा
– बस्ने पोजिसन नमिल्दा
– शरीरमा भिटामिनको कमी भएमा
लक्षण
- लाई लक्षण नै देखिदैन भने कसैलाई केहि लक्षण देखिन्छन ।
– ढाड वा गर्दन मन्द वा बेस्सरी दुख्नु ।
– सुतेर उठ्दा ढाड एक्कासी दुख्नु ।
– काम गरिरहदाँ ढाड वा गर्दन दुख्छ तर यस्तो दुखाई केहि समय पछि निको हुनु ।
उपाय
– नियमित व्यायाम गर्ने
– तौल नियन्त्रण गर्ने
– यात्रा गर्दा बीच बीचमा आराम गर्ने
– शरीरलाई ग्राहो हुने वस्तु नउचाल्ने
-लामो समय एउटै ठाउँमा नबस्ने वा एक एक घण्टामा यताउता चलिरहने
– सन्तुलित भोजन खाने
– सुत्ने र बस्नेको सन्तुलन मिलाउने, धेरै कडा वा नरम ओछ्यानमा नसुत्ने